सुन प्रकरणमा छानबिन समितिको अडान छाड्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेलाई सुन तस्करी प्रकरण अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समितिको माग छाड्न आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभाको अवरोध हटाउन बसेको तीन दलका शीर्ष नेताको बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलाीसँग यस्तो आग्रह गरेका हुन्।

उक्त प्रकरणको सिआइवीले अनुसन्धान गरिरहेकोले छानबिन समिति आवश्यक नपर्ने भन्दै प्रचण्डले एमालेलाई उक्त माग बाट पछि हट्न आग्रह गरेका हुन्। प्रचण्डको आग्रहमा एमालेले भने उच्चस्तरीय समितिको माग कायमै राखेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।

एमालेले सुन तस्करी प्रकणको सिआइवीले मात्रै अनुसन्धान गरेर नपुग्ने भन्दै सरकारले सत्यतथ्य छानबिनको लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै केही दिनदेखि संघीय संसदका दुवै सदन अवरुद्ध पार्दै आएको छ।

आजको राष्ट्रिय सभा बैठक पनि एमालेको अवरोधको कारण आगामी बुधबारको लागि सारिएको छ भने आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठक पनि एमालेले अवरोध गर्ने भनेपछि दिउँसो ४ बजेको लागि तय गरिएको छ। सोमबार सभामुखको आग्रहमा तीन मुख्य दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठक बसेको थियो।

सोमबार बसेको पहिलो चरणको बैठकमा प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेको लागि सार्ने सहमति भएको छ भने त्यसअघि दिउँसो साढे ३ बजे फेरि तीन दलका शीर्ष नेताको बैठक बस्ने तयारी छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago