सुन प्रकरणमा छानबिन समितिको अडान छाड्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेलाई सुन तस्करी प्रकरण अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समितिको माग छाड्न आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभाको अवरोध हटाउन बसेको तीन दलका शीर्ष नेताको बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलाीसँग यस्तो आग्रह गरेका हुन्।

उक्त प्रकरणको सिआइवीले अनुसन्धान गरिरहेकोले छानबिन समिति आवश्यक नपर्ने भन्दै प्रचण्डले एमालेलाई उक्त माग बाट पछि हट्न आग्रह गरेका हुन्। प्रचण्डको आग्रहमा एमालेले भने उच्चस्तरीय समितिको माग कायमै राखेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।

एमालेले सुन तस्करी प्रकणको सिआइवीले मात्रै अनुसन्धान गरेर नपुग्ने भन्दै सरकारले सत्यतथ्य छानबिनको लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै केही दिनदेखि संघीय संसदका दुवै सदन अवरुद्ध पार्दै आएको छ।

आजको राष्ट्रिय सभा बैठक पनि एमालेको अवरोधको कारण आगामी बुधबारको लागि सारिएको छ भने आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठक पनि एमालेले अवरोध गर्ने भनेपछि दिउँसो ४ बजेको लागि तय गरिएको छ। सोमबार सभामुखको आग्रहमा तीन मुख्य दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठक बसेको थियो।

सोमबार बसेको पहिलो चरणको बैठकमा प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेको लागि सार्ने सहमति भएको छ भने त्यसअघि दिउँसो साढे ३ बजे फेरि तीन दलका शीर्ष नेताको बैठक बस्ने तयारी छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago