लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्न माग

काठमाडौँ – घर जग्गा व्यवसायीहरुले लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

शुक्रवार संगठन नेपाल घर जग्गा तथा आवास विकास महासंघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो माग राखेका हो। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भेषराज लोहनीले विदेशीले नेपालमा अपार्टमेण्ट खरिद गर्न पाउने व्यवस्था गर्न सरकासँग माग गरे।

उनले भू-उपयोग कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउने व्यवस्था गर्न, व्यवस्थित बसोवास तथा शहरीकरण सम्बन्धित आयोजना सञ्चालनका लागि हदबन्दी छुट दिनुपर्ने बताए।

उनले ल्याण्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथै शहरी विकास आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउन पनि माग गरे।

उनले घर जग्गा कारोबारमा लगानी गर्दा अर्थतन्त्रमा समस्या आयो भन्नेहरुले अब घर जग्गा कारोबारलाई व्यवस्थित गर्नुपर्ने धारणा राखेको बताए।

महासंघको नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा, उपाध्यक्षमा राजकुमार राई र विदुर धमला, महासचिवमा विष्णुप्रसाद घिमिरे, सचिवमा रामसुन्दर बि.के. र कोषाध्यक्षमा रोहकुमार भोयद्यो निर्वाचित भएका छन्।

यस्तै,महासंघको कार्यकाल दुई वर्षको हुनेछ । महासंघको प्रदेश सदस्यहरुमा कोशी प्रदेशबाट घनश्याम पोखरेल, गण्डकी प्रदेशबाट अरुणस्तोम त्रिपाठी, वागमती प्रदेशबाट बाबुराम अधिकारी, लुम्बिनी प्रदेशबाट दशरथ पौडेल तथा खुला सदस्यबाट श्रीधर महरा क्षेत्री र पूर्णिमा राजभण्डारी निर्विरोध निर्वाचित भएका छन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago