काठमाडौँ – घर जग्गा व्यवसायीहरुले लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
शुक्रवार संगठन नेपाल घर जग्गा तथा आवास विकास महासंघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो माग राखेका हो। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भेषराज लोहनीले विदेशीले नेपालमा अपार्टमेण्ट खरिद गर्न पाउने व्यवस्था गर्न सरकासँग माग गरे।
उनले भू-उपयोग कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउने व्यवस्था गर्न, व्यवस्थित बसोवास तथा शहरीकरण सम्बन्धित आयोजना सञ्चालनका लागि हदबन्दी छुट दिनुपर्ने बताए।
उनले ल्याण्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथै शहरी विकास आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउन पनि माग गरे।
उनले घर जग्गा कारोबारमा लगानी गर्दा अर्थतन्त्रमा समस्या आयो भन्नेहरुले अब घर जग्गा कारोबारलाई व्यवस्थित गर्नुपर्ने धारणा राखेको बताए।
महासंघको नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा, उपाध्यक्षमा राजकुमार राई र विदुर धमला, महासचिवमा विष्णुप्रसाद घिमिरे, सचिवमा रामसुन्दर बि.के. र कोषाध्यक्षमा रोहकुमार भोयद्यो निर्वाचित भएका छन्।
यस्तै,महासंघको कार्यकाल दुई वर्षको हुनेछ । महासंघको प्रदेश सदस्यहरुमा कोशी प्रदेशबाट घनश्याम पोखरेल, गण्डकी प्रदेशबाट अरुणस्तोम त्रिपाठी, वागमती प्रदेशबाट बाबुराम अधिकारी, लुम्बिनी प्रदेशबाट दशरथ पौडेल तथा खुला सदस्यबाट श्रीधर महरा क्षेत्री र पूर्णिमा राजभण्डारी निर्विरोध निर्वाचित भएका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…