होलीमा तीन व्यक्तिसहित ३१० वटा सवारीसाधन प्रहरी नियन्त्रणमा

झापा। होली खेल्नेक्रममा झापामा उच्छृंखल गतिविधि गर्ने तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुई पुरुष र एक महिला रहेका छन् । त्यस्तै जथाभावी चलाउने ३१० वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनमा ३ सय वटा मोटरसाइकल , तीन पांग्रे ५ वटा र चार पांग्रे ५ वटा सवारीसाधन रहेका छन् । हेल्मेट नलगाएका , तीनजना चढेका , मदिरा सेवन गरेर चलाएका सवारीसाधनहरु जिल्लाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले केहीलाई जरिवाना तिराएर र केहीलाई संझाइ बुझाइ साँझपख छाडिएको जानकारी दिए।

त्यसैगरी होली मनाउनेक्रममा दुर्घटनामा परी झापामा चारजना घाइते भएका छन् । होली मनाउनेक्रममा तीनवटा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएका हुन् । दुर्घटनामा परेका चारजनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago