झापा। होली खेल्नेक्रममा झापामा उच्छृंखल गतिविधि गर्ने तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दुई पुरुष र एक महिला रहेका छन् । त्यस्तै जथाभावी चलाउने ३१० वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनमा ३ सय वटा मोटरसाइकल , तीन पांग्रे ५ वटा र चार पांग्रे ५ वटा सवारीसाधन रहेका छन् । हेल्मेट नलगाएका , तीनजना चढेका , मदिरा सेवन गरेर चलाएका सवारीसाधनहरु जिल्लाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले केहीलाई जरिवाना तिराएर र केहीलाई संझाइ बुझाइ साँझपख छाडिएको जानकारी दिए।
त्यसैगरी होली मनाउनेक्रममा दुर्घटनामा परी झापामा चारजना घाइते भएका छन् । होली मनाउनेक्रममा तीनवटा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएका हुन् । दुर्घटनामा परेका चारजनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…