विश्वकप लिग-२ मा युएईविरुद्ध नेपालको पहिलो जित युएई माथि ४२ रन

विश्वकप क्रिकेट लिग-२ मा युएई विरुद्ध नेपालले पहिलो जित निकालेको छ। नेपालले युएई माथि ४२ रनको जित निकालेको हो।

टस जितेर पिहलो ब्याटिङ गर्दै नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा १८७ रनमा अलआउट भयो। नेपालले सहज जित हासिल गरेको हो।

विश्वकप लिग-२ का अघिल्ला ३ खेलमा नेपाल युएईसँग पराजित भएको थियो। युएईलाई हराएसँगै नेपाल पाँचौ स्थानमा उक्लिएको छ।

३२ खेलबाट ३२ अङ्क सहित नेपाल पाँचौ स्थानमा उक्लिएको हो। युएई भने छैटौं स्थानमा धकेलियो। जितले नेपालको शीर्ष तीनको सम्भानालाई पनि कायम राख्यो।

नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको युएईका लागि आसिफ खानले सर्वाधिक ८२ रन बनाउँदा आर्यन लक्राले ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए।

त्यस्तै थप दोहोरो स्कोरका रुपमा भृत्या अर्विन्दको १३ रन रह्यो। राम्रो सुरुवात गरेपनि युएईको पछिल्लो क्रम समालिन नसक्दा खेलमा नेपाल हाबी भएको थियो।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट लिंदा करण केसी सन्दीप लामिछाने, आरिफ शेखले समान १-१ विकेट लिएका थिए।

त्यसअघि दुबई अन्तराष्ट्रिय मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रनको स्कोर तयार गरेको थियो। पछिल्ला क्रमका ब्याटर समालिएपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य तयार गर्न सफल भएको थियो। नेपालका लागि भीम सार्कीले ७० रनको अर्धशतकीय इनिङ खेल्दै संकटपूर्ण अवस्थाबाट नेपाली इनिङलाई उकासेका थिए।

त्यस्तै, आरिफ शेखले ४३ रनको अविजित इनिङ खेल्दा सन्दिप लामिछानेले २७ रन बनाएर आउट भएका थिए। त्यस्तै, करण केसी १७ रनमा आउट हुँदा प्रतिश जिसी ११ रनमा अविजित रहे। त्यसअघि ६८ रनमा ५ विकेट गुमाएको नेपाललाई सन्दीप र भीम सार्कीले छैटौँ विकेटका लागि ५६ रनको साझेदारी गरे।

त्यसैगरी, आरिफसँग भीमले ७ औँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपालको इनिङ समानजक अवस्थामा पुर्याएका थिए। नेपालका लागि सुरुवाती क्रमका ब्याटरको प्रदर्शन भने निरासाजनक रहेको थयो। कुशल मल्लको ३२ रनमा आउट हुँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ रन मात्रै बनाउन सके। त्यस्तै, अर्का ओपनर आसिफ शेख ६ रनमा पेभिलियन फर्किँदा कप्तान रोहित पौडेल १ तथा दीपेन्द्रसिंह ऐरी ४ रनमा पेभिलियन फर्किए। युएईका लागि जुनाईद सिद्दकीले ३ विकेट लिँदा आर्यन लक्राल र रोहन मुस्ताफाले समान २-२ विकेट हात पारे।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago