विश्वकप लिग-२ मा युएईविरुद्ध नेपालको पहिलो जित युएई माथि ४२ रन

विश्वकप क्रिकेट लिग-२ मा युएई विरुद्ध नेपालले पहिलो जित निकालेको छ। नेपालले युएई माथि ४२ रनको जित निकालेको हो।

टस जितेर पिहलो ब्याटिङ गर्दै नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा १८७ रनमा अलआउट भयो। नेपालले सहज जित हासिल गरेको हो।

विश्वकप लिग-२ का अघिल्ला ३ खेलमा नेपाल युएईसँग पराजित भएको थियो। युएईलाई हराएसँगै नेपाल पाँचौ स्थानमा उक्लिएको छ।

३२ खेलबाट ३२ अङ्क सहित नेपाल पाँचौ स्थानमा उक्लिएको हो। युएई भने छैटौं स्थानमा धकेलियो। जितले नेपालको शीर्ष तीनको सम्भानालाई पनि कायम राख्यो।

नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको युएईका लागि आसिफ खानले सर्वाधिक ८२ रन बनाउँदा आर्यन लक्राले ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए।

त्यस्तै थप दोहोरो स्कोरका रुपमा भृत्या अर्विन्दको १३ रन रह्यो। राम्रो सुरुवात गरेपनि युएईको पछिल्लो क्रम समालिन नसक्दा खेलमा नेपाल हाबी भएको थियो।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट लिंदा करण केसी सन्दीप लामिछाने, आरिफ शेखले समान १-१ विकेट लिएका थिए।

त्यसअघि दुबई अन्तराष्ट्रिय मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रनको स्कोर तयार गरेको थियो। पछिल्ला क्रमका ब्याटर समालिएपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य तयार गर्न सफल भएको थियो। नेपालका लागि भीम सार्कीले ७० रनको अर्धशतकीय इनिङ खेल्दै संकटपूर्ण अवस्थाबाट नेपाली इनिङलाई उकासेका थिए।

त्यस्तै, आरिफ शेखले ४३ रनको अविजित इनिङ खेल्दा सन्दिप लामिछानेले २७ रन बनाएर आउट भएका थिए। त्यस्तै, करण केसी १७ रनमा आउट हुँदा प्रतिश जिसी ११ रनमा अविजित रहे। त्यसअघि ६८ रनमा ५ विकेट गुमाएको नेपाललाई सन्दीप र भीम सार्कीले छैटौँ विकेटका लागि ५६ रनको साझेदारी गरे।

त्यसैगरी, आरिफसँग भीमले ७ औँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपालको इनिङ समानजक अवस्थामा पुर्याएका थिए। नेपालका लागि सुरुवाती क्रमका ब्याटरको प्रदर्शन भने निरासाजनक रहेको थयो। कुशल मल्लको ३२ रनमा आउट हुँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ रन मात्रै बनाउन सके। त्यस्तै, अर्का ओपनर आसिफ शेख ६ रनमा पेभिलियन फर्किँदा कप्तान रोहित पौडेल १ तथा दीपेन्द्रसिंह ऐरी ४ रनमा पेभिलियन फर्किए। युएईका लागि जुनाईद सिद्दकीले ३ विकेट लिँदा आर्यन लक्राल र रोहन मुस्ताफाले समान २-२ विकेट हात पारे।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago