झापा। झापामा मंगलबार मनाइने फागु पूर्णिमा अर्थात् होली पर्वमा अराजक, उच्छृंखल र अवाञ्छित कार्य गर्नेलाई पक्राउ गरी कारबाही गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले सोमबार सूचना जारी गर्दै होली पर्वमा अराजक, उच्छृंखल र अवाञ्छित कार्य गर्नेलाई पक्राउ गरी कारबाही गर्ने जनाएको हो ।
साथै होलीमा इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सार्वजनिक स्थानमा होहल्ला गरी, सार्वजनिक शान्ति र व्यवस्थापनमा खलल पु-याउने कार्यमा संलग्न व्यक्तिलाई पनि पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।
होली सभ्य र मर्यादित रुपमा मनाउन जिल्लावासी समक्ष उनले आग्रह समेत गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय झापाले होली पर्वलाई मध्यनजर गरी जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ ।
उता रंगको पर्व होलीमा अभद्र व्यवहार गर्ने दुई सयभन्दा बढी काठमाडौंबाट पक्राउ परेका छन्।
होलीको क्रममा उच्छृंखल व्यवहार गर्ने, एक अर्कालाई इच्छाविपरित पानी छ्याप्ने, लोला हान्ने, रंग दल्ने कार्यमा संलग्नलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…