झापा। झापामा मंगलबार मनाइने फागु पूर्णिमा अर्थात् होली पर्वमा अराजक, उच्छृंखल र अवाञ्छित कार्य गर्नेलाई पक्राउ गरी कारबाही गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले सोमबार सूचना जारी गर्दै होली पर्वमा अराजक, उच्छृंखल र अवाञ्छित कार्य गर्नेलाई पक्राउ गरी कारबाही गर्ने जनाएको हो ।
साथै होलीमा इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सार्वजनिक स्थानमा होहल्ला गरी, सार्वजनिक शान्ति र व्यवस्थापनमा खलल पु-याउने कार्यमा संलग्न व्यक्तिलाई पनि पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।
होली सभ्य र मर्यादित रुपमा मनाउन जिल्लावासी समक्ष उनले आग्रह समेत गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय झापाले होली पर्वलाई मध्यनजर गरी जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ ।
उता रंगको पर्व होलीमा अभद्र व्यवहार गर्ने दुई सयभन्दा बढी काठमाडौंबाट पक्राउ परेका छन्।
होलीको क्रममा उच्छृंखल व्यवहार गर्ने, एक अर्कालाई इच्छाविपरित पानी छ्याप्ने, लोला हान्ने, रंग दल्ने कार्यमा संलग्नलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…