हेमोडायलासिस सेवा बिर्तामोड नगर अस्पतालमा शुरुहुने

झापा – बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित बिर्तामोड नगर अस्पतालमा अब हेमोडायलासिस सेवा शुरु हुने भएको छ।
रोटरी क्लब अफ बिर्तामोडको पहलमा खरिद गरिएको हेमो डायलासिस मेसिन सोमबार बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरेपछि बिर्तामोड नगर अस्पताललाई हेमोडायलासिस सेवा आरम्भ गर्ने बाटो खुलेको हो।

उक्त सेवा सञ्चालनका लागि प्राविधिकको व्यवस्था पनि बिर्तामोड नगरपालिकाले गरिसकेको छ। रोटरियनहरूको मानवीय सहयोगमा खरिद गरिएको ६ वटा हेमो डायलासिस मेसिन बिर्तामोड नगर अस्पतालले प्राप्त गरेको हो।

सोमबार एक कार्यक्रमकाबीच बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले डायलासिस कक्षको उद्घाटन गरिन् । ती उपकरणहरू प्राप्त गरेसंगै मिर्गौला रोगीहरूले डायलासिस गर्न अन्यत्र जानु नपर्ने बिर्तामोड नगरपालिकाकी प्रमुख प्रसाईंले बताइन् ।

डायलासिस कक्षमा चाहिने सबै उपकरण तथा तालिम आयोजनाका लागि रोटरीले करिब ८० लाख रुपैयाँ खर्चेको हो । यी सबै सहयोग रोटरी क्लब अफ बिर्तामोड तथा रोटरी क्लब अफ मापुसा गोवा भारतको संयुक्त पहलमा रोटरी फाउण्डेसनले उपलब्ध गराएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण बिमलीले जानकारी दिए । उनले यस्ता मानवीय सेवामा रोटरीले अझ खुल्ला ह्रदयले सहयोग गर्ने बताए ।

उनले सहयोगबाट प्राप्त सबै उपकरण तथा डायलासिस कक्षको रेखदेखका लागि डा. लक्ष्मीप्रसाद मैनालीको नेतृत्वमा गरिने जानकारी दिए । बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुव शिवाकोटीको कार्यकालमा उपकरण खरिदका लागि नगरपालिकाको तर्फबाट ३० लाख रुपैयाँ रोटरीलाई उपलब्ध गराइएको थियो ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago