हेमोडायलासिस सेवा बिर्तामोड नगर अस्पतालमा शुरुहुने

झापा – बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित बिर्तामोड नगर अस्पतालमा अब हेमोडायलासिस सेवा शुरु हुने भएको छ।
रोटरी क्लब अफ बिर्तामोडको पहलमा खरिद गरिएको हेमो डायलासिस मेसिन सोमबार बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरेपछि बिर्तामोड नगर अस्पताललाई हेमोडायलासिस सेवा आरम्भ गर्ने बाटो खुलेको हो।

उक्त सेवा सञ्चालनका लागि प्राविधिकको व्यवस्था पनि बिर्तामोड नगरपालिकाले गरिसकेको छ। रोटरियनहरूको मानवीय सहयोगमा खरिद गरिएको ६ वटा हेमो डायलासिस मेसिन बिर्तामोड नगर अस्पतालले प्राप्त गरेको हो।

सोमबार एक कार्यक्रमकाबीच बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले डायलासिस कक्षको उद्घाटन गरिन् । ती उपकरणहरू प्राप्त गरेसंगै मिर्गौला रोगीहरूले डायलासिस गर्न अन्यत्र जानु नपर्ने बिर्तामोड नगरपालिकाकी प्रमुख प्रसाईंले बताइन् ।

डायलासिस कक्षमा चाहिने सबै उपकरण तथा तालिम आयोजनाका लागि रोटरीले करिब ८० लाख रुपैयाँ खर्चेको हो । यी सबै सहयोग रोटरी क्लब अफ बिर्तामोड तथा रोटरी क्लब अफ मापुसा गोवा भारतको संयुक्त पहलमा रोटरी फाउण्डेसनले उपलब्ध गराएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण बिमलीले जानकारी दिए । उनले यस्ता मानवीय सेवामा रोटरीले अझ खुल्ला ह्रदयले सहयोग गर्ने बताए ।

उनले सहयोगबाट प्राप्त सबै उपकरण तथा डायलासिस कक्षको रेखदेखका लागि डा. लक्ष्मीप्रसाद मैनालीको नेतृत्वमा गरिने जानकारी दिए । बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुव शिवाकोटीको कार्यकालमा उपकरण खरिदका लागि नगरपालिकाको तर्फबाट ३० लाख रुपैयाँ रोटरीलाई उपलब्ध गराइएको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago