भद्रपुर। तीब्र स्मरण शक्तिमा विश्व कीर्तिमान कायम गरेका अर्पण शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा सामुदायिक विद्यालयको उन्नतिका लागि भन्दै नगद ५१ हजार सहयोग प्रदान गरेका छन् ।
शर्माले भद्रपुर ३ स्थित अरनिको माविमा अध्ययनरत कक्षा ६ देखि १० का बालबालिकाहरुलाई आवश्यक विद्यालय पोशाक तथा ब्याग प्रदान गर्न विद्यालय परिवारलाई नगद ५१ हजार सहयोग गरेका हुन् ।
शर्माले आफ्नो जन्मदिन विद्यालयसंग जोडिएर मनाउने सन्दर्भमा करिब ३ घण्टा त्यहाँ अध्ययनरत बालबालिकाहरुलाई स्मरण शक्ति अभिवृद्धि तालिम पनि संचालन गरेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष निमबहादुर थापाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक. वेदप्रसाद घिमिरेले गरेका थिए ।
शर्मालाई जन्मदिनको शुभकामना दिँदै विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले शैक्षिक रुपान्तरणमा उनले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…