भद्रपुर। तीब्र स्मरण शक्तिमा विश्व कीर्तिमान कायम गरेका अर्पण शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा सामुदायिक विद्यालयको उन्नतिका लागि भन्दै नगद ५१ हजार सहयोग प्रदान गरेका छन् ।
शर्माले भद्रपुर ३ स्थित अरनिको माविमा अध्ययनरत कक्षा ६ देखि १० का बालबालिकाहरुलाई आवश्यक विद्यालय पोशाक तथा ब्याग प्रदान गर्न विद्यालय परिवारलाई नगद ५१ हजार सहयोग गरेका हुन् ।
शर्माले आफ्नो जन्मदिन विद्यालयसंग जोडिएर मनाउने सन्दर्भमा करिब ३ घण्टा त्यहाँ अध्ययनरत बालबालिकाहरुलाई स्मरण शक्ति अभिवृद्धि तालिम पनि संचालन गरेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष निमबहादुर थापाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक. वेदप्रसाद घिमिरेले गरेका थिए ।
शर्मालाई जन्मदिनको शुभकामना दिँदै विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले शैक्षिक रुपान्तरणमा उनले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…