आत्महत्या गर्नुपर्ने अवस्थामा-राजमार्गमा जिउँदो कुखुरा फालेर किसान

झापा – मंगलबार बिहान करिब कार्यालय समयका बेला झापा बिर्तामोडको मुक्तिचोकमा सवारी साधनको निकै चाप थियो। पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको चाप उस्तै थियो।

व्यस्त रहेको राजमार्गमा एकाएक कुखुरा र अण्डाका क्यारेट बोकेका पिकअप भ्यानहरू चोक आइपुगे र धमाधम अण्डाका क्यारेट तथा कुखुरा ती सवारी साधनमा रहेका मानिसहरूले राजमार्गमा फाल्न थाले।

सवारी साधनको चाप रहेका बेला कतिपय कुखुरा त गाडीका टायरले किचे। अण्डा सडकमा फुटेर छ्यालब्याल भयो। बिर्तामोडको मुक्ति चोकमा एकैछिनमा आलो रगत र फुटेका काँचो अण्डाका गन्धले दुर्गन्धित बन्यो।

केहीबेरपछि प्रहरी आए। तर जुलुससहित आफ्ना पीडा पोख्न आएका कुखुरापालक किसानले नै कुखुरा सडकमा फालेपछि उनीहरू पनि ‘अक्क न बक्क’ भए। ट्राफिक प्रहरीले कुखुरालाई पन्छाएर सवारी साधन सञ्चालन गराए। कतिपयले फालेका तर बाँचेका कुखुरा काखी च्यापेर कुदे।

झापाका कुखुरापालक किसानहरूले मंगलबार जिउँदा कुखुरा सडकमा फालेका हुन्। बिर्तामोडको मुक्तिचोक उनीहरूले जिउँदो कुखुरा तथा अण्डा फालेका हुन्।

व्यस्त पूर्व–पश्चिम राजमार्गमा फालिएका कुखुरामाथि सवारी साधन गुडेका थिए। सरकारले कुखुरा तथा अण्डाको मूल्य नतोकेको भन्दै कुखुरापालक किसान आन्दोलित बनेका हुन्।

सरकारले बजार व्यवस्थापन नगरिदिँदा उचित मूल्य नपाएको तथा कुखुरा बिक्री नभएको भन्दै बाध्य भएर कुखुरा सडकमा फाल्नु परेको उनीहरूले बताए।

किसानको र्‍यालीले बिर्तामोडमा प्रदर्शन गरेको थियो। जिउँदो कुखुरा सडकमा फाल्नु आफूहरूका लागि बाध्यकारी भएको किसानहरूले बताएका छन्। उनीहरूले सरकार ‘नालायक’ भएका कारण आन्दोलनमा उत्रिनु परेको बताए।

किसानहरू आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको झापा बिर्तामोडका किसान मुकुन्द ढकालले बताए। उनले भने, ‘यो आत्महत्या गर्नु भन्दा अघिको कदम हो। अब पनि सरकारले किसानलाई हेरेन भने मर्नुभन्दा अर्को उपाय छैन।’

किसानहरूले बैंक तथा वित्तीय संस्थाहरूले पनि आफूहरूलाई मार्न लागेको उनले बताए।

किसानहरूका अनुसार २ सय ५० रुपैयाँ प्रतिकेजी कुखुरा बेच्दा पनि किसानलाई घाटा छ। तर अहिले किसानबाट २ सय रुपैयाँभन्दा कम मूल्यमा व्यापारीले कुखुरा किन्ने गरेका छन्।

मूल्य निर्धारणमा सरकारले हस्तक्षेप गरेर किसान काम गरिदिनु पर्ने किसानहरूले माग गरेका छन्।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago