आत्महत्या गर्नुपर्ने अवस्थामा-राजमार्गमा जिउँदो कुखुरा फालेर किसान

झापा – मंगलबार बिहान करिब कार्यालय समयका बेला झापा बिर्तामोडको मुक्तिचोकमा सवारी साधनको निकै चाप थियो। पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको चाप उस्तै थियो।

व्यस्त रहेको राजमार्गमा एकाएक कुखुरा र अण्डाका क्यारेट बोकेका पिकअप भ्यानहरू चोक आइपुगे र धमाधम अण्डाका क्यारेट तथा कुखुरा ती सवारी साधनमा रहेका मानिसहरूले राजमार्गमा फाल्न थाले।

सवारी साधनको चाप रहेका बेला कतिपय कुखुरा त गाडीका टायरले किचे। अण्डा सडकमा फुटेर छ्यालब्याल भयो। बिर्तामोडको मुक्ति चोकमा एकैछिनमा आलो रगत र फुटेका काँचो अण्डाका गन्धले दुर्गन्धित बन्यो।

केहीबेरपछि प्रहरी आए। तर जुलुससहित आफ्ना पीडा पोख्न आएका कुखुरापालक किसानले नै कुखुरा सडकमा फालेपछि उनीहरू पनि ‘अक्क न बक्क’ भए। ट्राफिक प्रहरीले कुखुरालाई पन्छाएर सवारी साधन सञ्चालन गराए। कतिपयले फालेका तर बाँचेका कुखुरा काखी च्यापेर कुदे।

झापाका कुखुरापालक किसानहरूले मंगलबार जिउँदा कुखुरा सडकमा फालेका हुन्। बिर्तामोडको मुक्तिचोक उनीहरूले जिउँदो कुखुरा तथा अण्डा फालेका हुन्।

व्यस्त पूर्व–पश्चिम राजमार्गमा फालिएका कुखुरामाथि सवारी साधन गुडेका थिए। सरकारले कुखुरा तथा अण्डाको मूल्य नतोकेको भन्दै कुखुरापालक किसान आन्दोलित बनेका हुन्।

सरकारले बजार व्यवस्थापन नगरिदिँदा उचित मूल्य नपाएको तथा कुखुरा बिक्री नभएको भन्दै बाध्य भएर कुखुरा सडकमा फाल्नु परेको उनीहरूले बताए।

किसानको र्‍यालीले बिर्तामोडमा प्रदर्शन गरेको थियो। जिउँदो कुखुरा सडकमा फाल्नु आफूहरूका लागि बाध्यकारी भएको किसानहरूले बताएका छन्। उनीहरूले सरकार ‘नालायक’ भएका कारण आन्दोलनमा उत्रिनु परेको बताए।

किसानहरू आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको झापा बिर्तामोडका किसान मुकुन्द ढकालले बताए। उनले भने, ‘यो आत्महत्या गर्नु भन्दा अघिको कदम हो। अब पनि सरकारले किसानलाई हेरेन भने मर्नुभन्दा अर्को उपाय छैन।’

किसानहरूले बैंक तथा वित्तीय संस्थाहरूले पनि आफूहरूलाई मार्न लागेको उनले बताए।

किसानहरूका अनुसार २ सय ५० रुपैयाँ प्रतिकेजी कुखुरा बेच्दा पनि किसानलाई घाटा छ। तर अहिले किसानबाट २ सय रुपैयाँभन्दा कम मूल्यमा व्यापारीले कुखुरा किन्ने गरेका छन्।

मूल्य निर्धारणमा सरकारले हस्तक्षेप गरेर किसान काम गरिदिनु पर्ने किसानहरूले माग गरेका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago