इलाम– झापा मैत्री समाजको अध्यक्षमा अन्जु चयन

बिर्तामोड, इलाम– झापा मैत्री समाज बिर्तामोड नगर समितिको अध्यक्षमा अन्जु लामिछाने चयन भएकी छन् ।

समितिको शनिबार भएको पाँचौ साधारणसभा तथा तेस्रो नगर अधिवेशनबाट लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा सुधा शर्मा ज्ञवाली, सचिव मिलन कोइराला, सहसचिवमा शिव खनाल, कोषाध्यक्षमा दुर्गा पोख्रेल घिमिरे तथा सदस्यहरुमा कृष्णभक्त तिम्सिना, गंगा खनाल, मेनुका त्रिखत्री, बजरंग गर्ग, बिमला पौडेल, आरजु खतिवडा, केदार निरौला र पुस्कल बस्नेत चयन भएको निर्वाचन मण्डलका सदस्य खिवराज दाहालले जानकारी दिए ।

इलाममा जन्मिएर झापालाई कर्मथलो बनाएका ब्यक्तिहरुको सामाजिक संस्थाको रुपमा मैत्री समाज क्रियाशील रहेको छ । समाजले अस्पतालहरुको सहयोगमा इलाममा स्वास्थ्य शिविर संचालन, राहत वितरण, बाल तथा वृद्धाश्रममा खाद्यान्न वितरणजस्ता सामाजिक कार्य गर्दै आएको निवर्तमान अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिईन् ।

कार्यक्रममा सुशिला श्रेष्ठले नगर समितिलाई एक हजार १११, ईश्वरा श्रेष्ठले ११ हजार र अक्षय कोषका लागि तारा उप्रेती बिमलीले २५ हजार रुपैयाँ सहयोगको घोषणा गरेको नवनिर्वाचित सचिव मिलन कोइरालाले जानकारी दिए । समाजका लागि महत्वपूर्ण सहयोग गरेको भन्दै संगिता बाबा प्रसाईं र महेन्द्र राईलाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जयनारायण ढुंगाना र अध्यक्ष तिलोत्तमा खत्रीले खादा लगाइदिएर सम्मान गरेका थिए ।
सागर रिजालले संचालन गरेको कार्यक्रममा बिशिष्ठ अतिथिहरु भीष्म वैद्य, बिनोद बस्नेतलगायत इलामेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago