इलाम– झापा मैत्री समाजको अध्यक्षमा अन्जु चयन

बिर्तामोड, इलाम– झापा मैत्री समाज बिर्तामोड नगर समितिको अध्यक्षमा अन्जु लामिछाने चयन भएकी छन् ।

समितिको शनिबार भएको पाँचौ साधारणसभा तथा तेस्रो नगर अधिवेशनबाट लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा सुधा शर्मा ज्ञवाली, सचिव मिलन कोइराला, सहसचिवमा शिव खनाल, कोषाध्यक्षमा दुर्गा पोख्रेल घिमिरे तथा सदस्यहरुमा कृष्णभक्त तिम्सिना, गंगा खनाल, मेनुका त्रिखत्री, बजरंग गर्ग, बिमला पौडेल, आरजु खतिवडा, केदार निरौला र पुस्कल बस्नेत चयन भएको निर्वाचन मण्डलका सदस्य खिवराज दाहालले जानकारी दिए ।

इलाममा जन्मिएर झापालाई कर्मथलो बनाएका ब्यक्तिहरुको सामाजिक संस्थाको रुपमा मैत्री समाज क्रियाशील रहेको छ । समाजले अस्पतालहरुको सहयोगमा इलाममा स्वास्थ्य शिविर संचालन, राहत वितरण, बाल तथा वृद्धाश्रममा खाद्यान्न वितरणजस्ता सामाजिक कार्य गर्दै आएको निवर्तमान अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिईन् ।

कार्यक्रममा सुशिला श्रेष्ठले नगर समितिलाई एक हजार १११, ईश्वरा श्रेष्ठले ११ हजार र अक्षय कोषका लागि तारा उप्रेती बिमलीले २५ हजार रुपैयाँ सहयोगको घोषणा गरेको नवनिर्वाचित सचिव मिलन कोइरालाले जानकारी दिए । समाजका लागि महत्वपूर्ण सहयोग गरेको भन्दै संगिता बाबा प्रसाईं र महेन्द्र राईलाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जयनारायण ढुंगाना र अध्यक्ष तिलोत्तमा खत्रीले खादा लगाइदिएर सम्मान गरेका थिए ।
सागर रिजालले संचालन गरेको कार्यक्रममा बिशिष्ठ अतिथिहरु भीष्म वैद्य, बिनोद बस्नेतलगायत इलामेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago