संकटाले जित्यो आहा रारा गोल्डकपको उपाधि

पोखराको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको संकटा क्लबले जितेको छ। ए डिभिजन लिगमा पछिल्लो समय बलियो दाबेदार बन्दै गएको संकटाले मोफसलको प्रतिष्ठित गोल्डकपको उपाधि दोस्रो पटक जित्ने क्रममा भुटनिज युथ सकर क्लबलाई ३-२ ले पराजित गर्‍यो।

शनिबार पोखरा रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलमा अतिरिक्त समयमा संकटाले बाजि मारेको थियो। उसका लागि कप्तान तथा राष्ट्रिय टिमका स्टार सुनिल बलले अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए। अमेरिकाबाट नेपाल आएको भुटनिज युथ भने अन्तिम केहि समय समालिन नसक्दा पराजित भयो।

खेलमा सुनिलले संकटालाई जित दिलाउन ११७ मिनेटमा गोल गरेका थिए। उनले दुई विदेशी खेलाडीको समन्वयमा पेनाल्टी बक्समा प्राप्त बलमा आकर्षक फिनिस गर्दै टिमको जित निश्चित गरे। सुनिल यही सिजन गत संस्करणको ए डिभिजन च्याम्पियन मछिन्द्र छाडेर संकटामा आबद्ध भएका थिए।

पोखरा रंगशालामा त्यसअघि निर्धारित समयमा २-२ को बराबरीमा सकिएको थियो। संकटाले पहिलो हाफमै लिएको २-० को अग्रतालाई जोगाउन नसक्दा खेल अतिरिक्तम समयमा धकेलियो। ३५ औं मिनेट भित्रमै संकटाले २ गोलको अग्रता बनाएको थियो सुरज ज्यू ठकुरीले आठौं मिनेटमा गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए। टिमका लागि दोस्रो गोल मेसुके ओलामोउले ३५ औं मिनेटमा संभव बनाएका थिए।

तर त्यसको दुई मिनेट पछिनै रेने सान्टिलोनले गोल गर्दै भुटनिज युथलाई खेलमा फर्काएका थिए। विल्स ग्रिफितले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हेडमार्फत दोस्रो गोल गर्दा  खेल रोमाञ्चक अवस्थामा पुगेको थियो। दोस्रो हाफमा दुई वर्ष अघिको विजेता संकटाले थप गोलको अवसर सृजना गरेर पनि गोल गर्न असफल रह्यो। भुटनिजले पनि केहि सिमित मौकामा गोल गर्न सकेन्।

सहारा क्लब पोखराको आयोजित प्रतियोगिताको विजेताले संकटाले उपाधिसहित १२ लाख र दोस्रो भुटनिज युथले ६ लाख हात पारेको छ।

व्यक्तिगत विधामा कसले के जिते ?

सर्वोत्कृष्ट खेलाडी: सुनिल बल, संकटा (इलेक्ट्रिक स्कुटर प्राप्त गरे)

उत्कृष्ट गोलरक्षक: टेकेन्द्र थापा, संकटा

उत्कृष्ट मिडफिल्डर: आयुष घलान, संकटा

उत्कृष्ट फर्वाड: स्टेफन बिनोङ, संकटा

उच्च गोलकर्ता: मेसुके ओलेमोउ, संकटा

उत्कृष्ट प्रशिक्षक: सल्यान खड्की, संकटा

उत्कृष्ट डिफेन्डर: हेक्टर ओर्जेगा, भुटनिज युथ

फेयर प्ले:  धरान फुटबल क्लब

व्यक्तिगत विधाका उत्कृष्टले नगद २५ हजार प्राप्त गरे।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago