दर्ता नभएका फोन बन्द हुने समाचारसँगै ट्राफिक बढेर एमडीएमएसको वेबसाइट डाउन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) को वेबसाइट डाउन भएको छ । प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका फोन सोमबार पश्चात बन्द गर्ने समाचार प्रकाशन भएपछि ट्राफिक धान्न नसकेर वेबसाइट डाउन भएको हो ।

प्राधिकरणले सो प्रणालीमा फोन दर्ता गर्न दिएको अन्तिम मिति आज सोमवार समाप्त हुँदैछ । यस्तोमा अधिकांश प्रयोगकर्ताले एकसाथ दर्ता गर्न खोज्दा साइट डाउन भएको प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले बताए ।

हाल ब्राउजरमा mdms.nta.gov.np सर्च गर्दा ‘दिस साइट क्यान नट बी रिच्ड’ भन्ने सूचना देख्न सकिन्छ ।

“धेरै सेवाग्राहीले आफ्नो फोन दर्ता गर्न खोज्नु भएको होला । त्यसैले ट्राफिक बढी भएर साइट डाउन भएको हो,” मिश्रले भने, “त्यसको समाधान के हुन सक्छ हामी बुझ्दै छौं ।”

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago