भगवतीको रथयात्रा बिहीबार निकालिँदै, सवा १२ बजेदेखि साढे १२ बजेसम्म उत्तम साइत

भगवतीको रथयात्रा बिहीबार निकालिँदै, सवा १२ बजेदेखि साढे १२ बजेसम्म उत्तम साइत

पाल्पा :  नेपाल अङ्ग्रेज युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथयात्रा बिहीबार निकालिँदै छ।  याे रथयात्रा भगवती जात्राको रूपमा प्रचलित छ। जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत  रथी सरोजप्रताप राणाको उपस्थिति रहने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएकाे छ । ५० हजारभन्दा बढी महानुभाव जात्राको अवलोकन गर्न आउने समितिकाे अनुमान छ। पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, रूपन्देही अर्घाखाँची, काठमाडौं, पोखरा लगायताका ठाउँबाट दर्शनार्थी आउने गर्छन ।  बिहिबार दिउँसो सवा १२ बजेदेखि साढे १२ बजेसम्ममा भगवतीको रथ उठाउने उत्तम साइत रहेकाे छ । रथयात्राले तानसेन बजार परिक्रम गर्नेछ। याे रथ यात्रा २०३ औं संस्करणको रूपमा जात्रा निकाल्न थालिएको हो।

नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई भगवतीको रथयात्राले सम्झाउँछ। वि.सं.१८७१/७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालिन कर्णेल उजिर  सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो। भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारवादको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको खुसियालीमा विजयोत्सव सहित भगवतीको रथयात्रा निकाल्ने चलन छ। जितगढीको युद्ध ऐतिहाँसीक मानिन्छ। युद्धमा विजयी प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै  सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए। १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago