भगवतीको रथयात्रा बिहीबार निकालिँदै, सवा १२ बजेदेखि साढे १२ बजेसम्म उत्तम साइत

भगवतीको रथयात्रा बिहीबार निकालिँदै, सवा १२ बजेदेखि साढे १२ बजेसम्म उत्तम साइत

पाल्पा :  नेपाल अङ्ग्रेज युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथयात्रा बिहीबार निकालिँदै छ।  याे रथयात्रा भगवती जात्राको रूपमा प्रचलित छ। जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत  रथी सरोजप्रताप राणाको उपस्थिति रहने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएकाे छ । ५० हजारभन्दा बढी महानुभाव जात्राको अवलोकन गर्न आउने समितिकाे अनुमान छ। पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, रूपन्देही अर्घाखाँची, काठमाडौं, पोखरा लगायताका ठाउँबाट दर्शनार्थी आउने गर्छन ।  बिहिबार दिउँसो सवा १२ बजेदेखि साढे १२ बजेसम्ममा भगवतीको रथ उठाउने उत्तम साइत रहेकाे छ । रथयात्राले तानसेन बजार परिक्रम गर्नेछ। याे रथ यात्रा २०३ औं संस्करणको रूपमा जात्रा निकाल्न थालिएको हो।

नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई भगवतीको रथयात्राले सम्झाउँछ। वि.सं.१८७१/७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालिन कर्णेल उजिर  सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो। भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारवादको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको खुसियालीमा विजयोत्सव सहित भगवतीको रथयात्रा निकाल्ने चलन छ। जितगढीको युद्ध ऐतिहाँसीक मानिन्छ। युद्धमा विजयी प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै  सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए। १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो।

bhabindra gautam

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago