दुधलाई औपचारिक क्षेत्रमा लाने-दुग्ध विकास बोर्ड

असार- २१ ललितपुर, चाँपागाउँमा राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजना एवं ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. सहयोगमा अनौपचारिक दुधलाई औपचारिक क्षेत्रमा लाने सम्बन्धि एक दिने अभिमखिकरण कार्यक्रम सम्पन्न गर्‍यो ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डको तर्फबाट डा. बालक चौधरीले कार्यपत्र प्रस्तुत गरे भने ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को तर्फबाट अध्यक्ष कृष्ण प्रसाद सापकोटाले प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत पछि उपस्थित किसान र प्रतिनिधिहरुले विभिन्न सुझावका साथै प्रश्न गरेका थिए ।

कार्यक्रम ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादब रहनुभएको थियो। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रिय दुग्ध उत्पादक सहकारीका महासचिव एवं राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य राम प्रसाद आचार्य, राष्ट्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक डा. बालक चौधरी, प्रशासन प्रमुख बिदुर राई, योजना शाखाका प्रमुख दिपेन्द्र अधिकारी, आर्थिक प्रमुख ओम खरेल, नेपाल डेरी एसोसिएसनका केन्द्रिय सह-कोषाध्यक्ष रामभक्त दाहाल, सदस्य रमेश संजेल, शिव प्रसाद घिमिरे, बागमती प्रदेश अध्यक्ष टीका प्रसाद घिमिरे, ललितपुर दुग्ध व्यवसायी संघका उपाध्यक्ष दिपक संजेल,गोदावरी नगरपालिकाका पशु सेवा शाखा प्रमुख ईश्वर घिमिरे, जिल्ला सहकारी संघका पदाधिकारी एवं ललितपुरका दुग्ध सहकारीका प्रतिनिधि एवं किसानको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका पशु सेवा शाखा प्रमुख ईश्वर घिमिरेले यस्तो कार्यक्रम राष्ट्रिय स्थरमा गर्नु पर्ने,गोदावरी नगरपालिकाले दुग्ध क्षेत्रको लागि विशेष कार्यक्रम ल्याएको बताउनु भयो । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले दुई समय नै दुध संकलन गर्न सकियो भने दुधको गुणस्तर राम्रो रहने कुरा बताउनु भयो । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले उपभोक्ताको चाहाना अनौपचारिक क्षेत्रको दुधमा हुनु कारण के हो ? औपचारिक क्षेत्रमा किन उपभोक्ताको चाहाना भएन ? भन्ने कुरा अत्यन्तै महत्वपूर्ण कुरा हो । हामीले अब बिस्तारै सम्बन्धित निकायले सहयोग गर्दै बिस्तार सबै अनौपचारिक क्षेत्रको दुधलाई औपचारिक रुपमा लान हामी सबैले सहयोग गर्न आवश्यक छ भन्ने कुरा बताउनु भयो । केन्द्रिय दुग्ध सहकारी संघका महासचिव राम प्रसाद आचार्यले यो डेरी क्षेत्र बुझ्नै गार्‍हो भयो किन भने कहिले दुध बढी हुने त कहिले घटि हुने कुराले किसानलाई अत्यन्तै कठिन भएको कुरा बताए । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक एवं कार्यक्रमका प्रमुख अतिथि डा. राजेन्द्र प्रसाद यादबले यस्तो कार्यक्रम बोर्डले देशैभरी गर्ने र बोर्ड सधैं किसान र उद्योगको हितमा लाग्ने कुरा बताउँदै ललितपुर जिल्ला दुग्ध सहकारी संघलाई विशेष धन्यवाद दिनु भयो । कार्यक्रमको अन्तिममा अध्यक्ष सापकोटाले सबैलाई धन्यवाद दिंदै ललितपुरले गुणस्तर दूध उत्पादन गरि आम उपभोक्ता माझ पुर्‍याउन ठूलो भुमिका रहेको बताउनु भयो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago