काठमाडौं । अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ । सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा उनको दाहिने आँखामा भएको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो ।
अस्पतालका चिकित्सकहरु सन्दुक रुइत, रीता गुरुङ, गोविन्द पौड्यालसहितको श्रेष्ठको आँखाको शल्यक्रिया गरेको हो । शल्यक्रियापछि उनको आँखामा प्रतिष्ठानमै उत्पादिन इन्ट्राकुलर लेन्स (मोतीबिन्दु शल्यक्रियापछि राखिने लेन्स) राखिएको छ । शल्यक्रिया सफल भएपछि अभिनेता श्रेष्ठ लेख्छन्, ‘मोतीबिन्दुको शल्यक्रिया गर्दा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्व महसुस भएको छ ।’
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…