प्रतिष्ठान बनाएर खप्तडको विकास गरिने: प्रधानमन्त्री प्रचण्ड

धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिष्ठान बनाएर खप्तडको विकास गरिने बताएका छन्। उनले खप्तड क्षेत्रको समग्र विकासका लागि छुट्टै कोष वा प्रतिष्ठान बनाएर सहयोग गर्ने बताएका हुन्।

आजदेखि खप्तडमा सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रलाई पर्यावरणमैत्री बनाउँदै पर्यटन र आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न पहल गर्ने बताए। उनले यसका लागि सबैसँग सहकार्य गर्ने बताए।

सुदूरपश्चिमको विकास र समृद्धिका लागि गेटामा विश्वविद्यालय निर्माणदेखि भारत भ्रमणका क्रममा गरिएका समझदारीसम्ममा आफूले पहल गरेको र गर्दै जानेसमेत बताए। उनले नयाँ संरचनासहित खप्तडको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।

 

तीन दिनसम्म चल्ने सम्मेलनमा भारतका धार्मिक तथा योगगुरु रामदेव, आयुर्वेदविज्ञ आचार्य बालकृष्ण सहभागी रहेका छन्। सम्मेलनलाई सम्बोधन गर्दै योग गुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवर्द्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छुक रहेको बताए। साथै प्रधानमन्त्री दाहालको निकै प्रशंसा गरेर रामदेवले दाहाललाई शान्ति र क्रान्तिका नायक भएको समेत बताए।

 

उनले प्रधानमन्त्री दाहाललाई वास्तविक कम्युनिष्ट भएकोसमेत दाबी गरे। आजबाट सुरु भएको सम्मेलनमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमल शाह, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एमाले नेता भीम रावललगायतको सहभागिता रहेको छ। सम्मेलन तीन दिनसम्म चल्ने छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago