प्रतिष्ठान बनाएर खप्तडको विकास गरिने: प्रधानमन्त्री प्रचण्ड

धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिष्ठान बनाएर खप्तडको विकास गरिने बताएका छन्। उनले खप्तड क्षेत्रको समग्र विकासका लागि छुट्टै कोष वा प्रतिष्ठान बनाएर सहयोग गर्ने बताएका हुन्।

आजदेखि खप्तडमा सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रलाई पर्यावरणमैत्री बनाउँदै पर्यटन र आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न पहल गर्ने बताए। उनले यसका लागि सबैसँग सहकार्य गर्ने बताए।

सुदूरपश्चिमको विकास र समृद्धिका लागि गेटामा विश्वविद्यालय निर्माणदेखि भारत भ्रमणका क्रममा गरिएका समझदारीसम्ममा आफूले पहल गरेको र गर्दै जानेसमेत बताए। उनले नयाँ संरचनासहित खप्तडको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।

 

तीन दिनसम्म चल्ने सम्मेलनमा भारतका धार्मिक तथा योगगुरु रामदेव, आयुर्वेदविज्ञ आचार्य बालकृष्ण सहभागी रहेका छन्। सम्मेलनलाई सम्बोधन गर्दै योग गुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवर्द्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छुक रहेको बताए। साथै प्रधानमन्त्री दाहालको निकै प्रशंसा गरेर रामदेवले दाहाललाई शान्ति र क्रान्तिका नायक भएको समेत बताए।

 

उनले प्रधानमन्त्री दाहाललाई वास्तविक कम्युनिष्ट भएकोसमेत दाबी गरे। आजबाट सुरु भएको सम्मेलनमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमल शाह, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एमाले नेता भीम रावललगायतको सहभागिता रहेको छ। सम्मेलन तीन दिनसम्म चल्ने छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago