अनलाइन लोकदोहोरी प्रतियोगीताको प्रारम्भिक नतिजा सार्वजनिक

बिन्दु पंथी, टोकियो ।  गोर्खालीभ्वाइस द्वारा संचालन रहेको नेपाल र नेपालीको पहिलो अनलाइन दोहोरी प्रतियोगीता सिजन २ को अडिसन राउण्डको नतिजा आज सार्वजनिक भयो । प्रतियोगिताका जुरी निर्णायक रमेस विजीले सार्वजनिक गर्नुभयो ।

गएको बैशाख १ गते नयाँबर्षको दिनबाट औपचारिक सुरुवात भएको थियो । प्रतियोगिता कार्यक्रमको उद्घाटन नेपाल सरकारका पर्यटक तथा संस्कृति मन्त्री श्री सुदन किरातिले गर्नुभएको थियो । गएको बर्ष देखि विश्वमा रहेका नेपाली समुदायलाई लक्षित गरि प्रतियोगिताको पहिलो सिजन आयोजना गरिएको थियो । समाजमा    लुकेका गायन प्रतिभालाई आफ्नै मोबाइलबाट अनलाइन मार्फत प्रस्तुत गर्ने अभिप्रायले विश्वमा गरिने विरलै कार्यक्रम मध्यको एक रहेको छ ।

सिजन २ को अडिसन राउण्डमा दर्ता गराएका सहभागी ४१ जोडी प्रतियोगी कलाकारहरु मध्येबाट १९ जना पुरुष र १९ जना महिला कलाकारहरु छनोट गरिएको निर्णायकहरुले बताउनुभयो ।

कार्यक्रममा शुभकामना दिदै सास्कृतिक विभाग प्रमुख हेमन्त खरालले नेपाली कला संस्कृतिलाई विशेष संरक्षण गर्न सहयोग पुर्‍याउने र विश्वमा रहेका कला गलालाई मुलधारमा ल्याउने यो नेपाल र नेपालीको पहिलो अनलाइन दोहोरी प्रतियोगिता रहेको बताउनुभयो ।

कायक्रमको सबैभन्दा रोचक पक्ष कलाकारहरु अडिसनमा प्रस्तुत हुदा कुनै गाडीमा ड्राइभिङ्ग गरिरहेको, बैदेशिक रोजगारीमा काम गरिरहेको, शारीरिक अशक्तता रहेकाले अरुको सहारा लिएर उत्साह पुर्बक सहभागीता जनाएकाले आयोजक र निर्णायकलाई हौसला मिलेको कार्यक्रम निर्देशक संजय पौड्यालले बताउनुभयो ।  जसका कारण कार्यकमलाई धेरै एपिसोड सम्म लैजान प्रेरणा मिलेको पौड्यालको भनाइ रहेको छ ।

कार्यक्रममा निर्णायकको भुमिकामा लोक पारखि चिरपरिचित गायकहरु रामचन्द्र चन्द, शुर्य खड्का र सर्मिला गुरुङ्ग रहेनु भएको छ । बिशेष जुरी निर्णायकको भुमिकामा लोक दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष रमेश बिजी र कार्यक्रमको सल्लाहाकारका रुपमा चिरपरिचित लोक पारखि सरस्वती पुत्रको उपाधी समेत प्राप्त गरेका नारायण रायमाझी रहेनुभएको छ ।

कमल पंथीलेको संयोजनमा कार्यक्रम निर्माता विश्वास आर्चायले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago