रेखा शाहको ‘सिमसिमे पानीमा’को नयाँ अडियो र भिडियो सार्वजनिक

काठमाडौँ-‘सिमसिमे पानीमा’को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ।

२०४९ सालमा गायिका रेखा शाहले आफ्नै रचना, संगीत र स्वरमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि यस गीतले छुट्टै चर्चा मात्रै पाएन, नेपाली जनजनको प्रिय गीत बन्न सफल भयो।

सो गीत रेकर्ड भएको ३ दशकको अवसर पारेर गायिका शाहले नयाँ अडियो र भिडियो सार्वजनिक गरेकी हुन्।

मुम्बईस्थित यशराज स्टुडियोमा रेकर्ड गरिएको नयाँ अडियोमा रिकेश गुरुङ ‘कि’को संगीत संयोजन र उत्पादन रहेको छ भने भारतीय वाधवादकहरूको वादन रहेको छ।

भारतीय सिनेमाका चर्चित गीतहरूको रेकर्डिङ र ध्वनि मुद्रण गर्ने विजय दयालले सिमसिमे पानीलाई नयाँ स्वरूपमा उतारेका छन्।

गीतबारे गायिका शाह भन्छिन्, ‘आधुनिक प्रविधि र सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ। यसले मलाई थप हौसला प्रदान गरेको छ।’

सिमसिमे पानीमाको लयलाई सहनाईले ध्वनिमा उतारेको गीतले स्रोतालाई नयाँ स्वाद दिनेमा गायिका शाह विश्वस्त छिन्।

सो गीतका दुईवटा म्युजिक भिडियो पनि एकैसाथ सार्वजनिक गरिएको छ । गीतलाई कथानकसँग बुनेर बनाइएको भिडियोमा गायिका शाहले अभिनेता महेश त्रिपाठीसँग अभिनय गरेकी छिन्।

रुपेश थापाको छायांकन र निर्देशन रहेको सो गीतमा मिलन विश्वकर्माको सम्पादन रहेको छ। नेपाली कलाकारिता क्षेत्रको एउटा कथालाई सो भिडियोमा प्रस्तुत गरिएको छ।

त्यस्तै, सोही गीतको स्टुडियो भर्सनको भिडियो पनि सार्वजनिक गरिएको छ। गीतमा प्रयोग भएका वाधवादकहरूलाई दृश्यमा उतारिएको छ, जहाँ गायिका शाहले आकर्षक डिजाइनको स्टुडियोमा लाइभ गीत गाइरहेकी छिन्।

यस भिडियोको छायांकन र निर्देशन पनि रुपेश थापाले गरेका हुन्। सम्पादन मिलन विश्वकर्माकै रहेको छ।

विदेशीले समेत गाउने र धेरै स्वदेशी/विदेशी वाधवादकले वाधधुनमा उतारेको सिमसिमे पानीमा राष्ट्रकै लोकसंगीतको परिचायक गीत र सम्पत्ति हो।

रेखा शाह फाउन्डेसनको प्रस्तुतिमा रेखा शाह नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएका भिडियोले दर्शक- श्रोतामा सांगीतिक ऊर्जा थप्ने विश्वास गायिका शाहको छ।
काठमाडौँ-‘सिमसिमे पानीमा’को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ।

२०४९ सालमा गायिका रेखा शाहले आफ्नै रचना, संगीत र स्वरमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि यस गीतले छुट्टै चर्चा मात्रै पाएन, नेपाली जनजनको प्रिय गीत बन्न सफल भयो।

सो गीत रेकर्ड भएको ३ दशकको अवसर पारेर गायिका शाहले नयाँ अडियो र भिडियो सार्वजनिक गरेकी हुन्।

मुम्बईस्थित यशराज स्टुडियोमा रेकर्ड गरिएको नयाँ अडियोमा रिकेश गुरुङ ‘कि’को संगीत संयोजन र उत्पादन रहेको छ भने भारतीय वाधवादकहरूको वादन रहेको छ।

भारतीय सिनेमाका चर्चित गीतहरूको रेकर्डिङ र ध्वनि मुद्रण गर्ने विजय दयालले सिमसिमे पानीलाई नयाँ स्वरूपमा उतारेका छन्।

गीतबारे गायिका शाह भन्छिन्, ‘आधुनिक प्रविधि र सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ। यसले मलाई थप हौसला प्रदान गरेको छ।’सिमसिमे पानीमाको लयलाई सहनाईले ध्वनिमा उतारेको गीतले स्रोतालाई नयाँ स्वाद दिनेमा गायिका शाह विश्वस्त छिन्।

सो गीतका दुईवटा म्युजिक भिडियो पनि एकैसाथ सार्वजनिक गरिएको छ । गीतलाई कथानकसँग बुनेर बनाइएको भिडियोमा गायिका शाहले अभिनेता महेश त्रिपाठीसँग अभिनय गरेकी छिन्।

रुपेश थापाको छायांकन र निर्देशन रहेको सो गीतमा मिलन विश्वकर्माको सम्पादन रहेको छ। नेपाली कलाकारिता क्षेत्रको एउटा कथालाई सो भिडियोमा प्रस्तुत गरिएको छ।त्यस्तै, सोही गीतको स्टुडियो भर्सनको भिडियो पनि सार्वजनिक गरिएको छ। गीतमा प्रयोग भएका वाधवादकहरूलाई दृश्यमा उतारिएको छ, जहाँ गायिका शाहले आकर्षक डिजाइनको स्टुडियोमा लाइभ गीत गाइरहेकी छिन्।

यस भिडियोको छायांकन र निर्देशन पनि रुपेश थापाले गरेका हुन्। सम्पादन मिलन विश्वकर्माकै रहेको छ।

विदेशीले समेत गाउने र धेरै स्वदेशी/विदेशी वाधवादकले वाधधुनमा उतारेको सिमसिमे पानीमा राष्ट्रकै लोकसंगीतको परिचायक गीत र सम्पत्ति हो।

रेखा शाह फाउन्डेसनको प्रस्तुतिमा रेखा शाह नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएका भिडियोले दर्शक- श्रोतामा सांगीतिक ऊर्जा थप्ने विश्वास गायिका शाहको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago