रेखा शाहको ‘सिमसिमे पानीमा’को नयाँ अडियो र भिडियो सार्वजनिक

काठमाडौँ-‘सिमसिमे पानीमा’को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ।

२०४९ सालमा गायिका रेखा शाहले आफ्नै रचना, संगीत र स्वरमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि यस गीतले छुट्टै चर्चा मात्रै पाएन, नेपाली जनजनको प्रिय गीत बन्न सफल भयो।

सो गीत रेकर्ड भएको ३ दशकको अवसर पारेर गायिका शाहले नयाँ अडियो र भिडियो सार्वजनिक गरेकी हुन्।

मुम्बईस्थित यशराज स्टुडियोमा रेकर्ड गरिएको नयाँ अडियोमा रिकेश गुरुङ ‘कि’को संगीत संयोजन र उत्पादन रहेको छ भने भारतीय वाधवादकहरूको वादन रहेको छ।

भारतीय सिनेमाका चर्चित गीतहरूको रेकर्डिङ र ध्वनि मुद्रण गर्ने विजय दयालले सिमसिमे पानीलाई नयाँ स्वरूपमा उतारेका छन्।

गीतबारे गायिका शाह भन्छिन्, ‘आधुनिक प्रविधि र सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ। यसले मलाई थप हौसला प्रदान गरेको छ।’

सिमसिमे पानीमाको लयलाई सहनाईले ध्वनिमा उतारेको गीतले स्रोतालाई नयाँ स्वाद दिनेमा गायिका शाह विश्वस्त छिन्।

सो गीतका दुईवटा म्युजिक भिडियो पनि एकैसाथ सार्वजनिक गरिएको छ । गीतलाई कथानकसँग बुनेर बनाइएको भिडियोमा गायिका शाहले अभिनेता महेश त्रिपाठीसँग अभिनय गरेकी छिन्।

रुपेश थापाको छायांकन र निर्देशन रहेको सो गीतमा मिलन विश्वकर्माको सम्पादन रहेको छ। नेपाली कलाकारिता क्षेत्रको एउटा कथालाई सो भिडियोमा प्रस्तुत गरिएको छ।

त्यस्तै, सोही गीतको स्टुडियो भर्सनको भिडियो पनि सार्वजनिक गरिएको छ। गीतमा प्रयोग भएका वाधवादकहरूलाई दृश्यमा उतारिएको छ, जहाँ गायिका शाहले आकर्षक डिजाइनको स्टुडियोमा लाइभ गीत गाइरहेकी छिन्।

यस भिडियोको छायांकन र निर्देशन पनि रुपेश थापाले गरेका हुन्। सम्पादन मिलन विश्वकर्माकै रहेको छ।

विदेशीले समेत गाउने र धेरै स्वदेशी/विदेशी वाधवादकले वाधधुनमा उतारेको सिमसिमे पानीमा राष्ट्रकै लोकसंगीतको परिचायक गीत र सम्पत्ति हो।

रेखा शाह फाउन्डेसनको प्रस्तुतिमा रेखा शाह नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएका भिडियोले दर्शक- श्रोतामा सांगीतिक ऊर्जा थप्ने विश्वास गायिका शाहको छ।
काठमाडौँ-‘सिमसिमे पानीमा’को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ।

२०४९ सालमा गायिका रेखा शाहले आफ्नै रचना, संगीत र स्वरमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि यस गीतले छुट्टै चर्चा मात्रै पाएन, नेपाली जनजनको प्रिय गीत बन्न सफल भयो।

सो गीत रेकर्ड भएको ३ दशकको अवसर पारेर गायिका शाहले नयाँ अडियो र भिडियो सार्वजनिक गरेकी हुन्।

मुम्बईस्थित यशराज स्टुडियोमा रेकर्ड गरिएको नयाँ अडियोमा रिकेश गुरुङ ‘कि’को संगीत संयोजन र उत्पादन रहेको छ भने भारतीय वाधवादकहरूको वादन रहेको छ।

भारतीय सिनेमाका चर्चित गीतहरूको रेकर्डिङ र ध्वनि मुद्रण गर्ने विजय दयालले सिमसिमे पानीलाई नयाँ स्वरूपमा उतारेका छन्।

गीतबारे गायिका शाह भन्छिन्, ‘आधुनिक प्रविधि र सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ। यसले मलाई थप हौसला प्रदान गरेको छ।’सिमसिमे पानीमाको लयलाई सहनाईले ध्वनिमा उतारेको गीतले स्रोतालाई नयाँ स्वाद दिनेमा गायिका शाह विश्वस्त छिन्।

सो गीतका दुईवटा म्युजिक भिडियो पनि एकैसाथ सार्वजनिक गरिएको छ । गीतलाई कथानकसँग बुनेर बनाइएको भिडियोमा गायिका शाहले अभिनेता महेश त्रिपाठीसँग अभिनय गरेकी छिन्।

रुपेश थापाको छायांकन र निर्देशन रहेको सो गीतमा मिलन विश्वकर्माको सम्पादन रहेको छ। नेपाली कलाकारिता क्षेत्रको एउटा कथालाई सो भिडियोमा प्रस्तुत गरिएको छ।त्यस्तै, सोही गीतको स्टुडियो भर्सनको भिडियो पनि सार्वजनिक गरिएको छ। गीतमा प्रयोग भएका वाधवादकहरूलाई दृश्यमा उतारिएको छ, जहाँ गायिका शाहले आकर्षक डिजाइनको स्टुडियोमा लाइभ गीत गाइरहेकी छिन्।

यस भिडियोको छायांकन र निर्देशन पनि रुपेश थापाले गरेका हुन्। सम्पादन मिलन विश्वकर्माकै रहेको छ।

विदेशीले समेत गाउने र धेरै स्वदेशी/विदेशी वाधवादकले वाधधुनमा उतारेको सिमसिमे पानीमा राष्ट्रकै लोकसंगीतको परिचायक गीत र सम्पत्ति हो।

रेखा शाह फाउन्डेसनको प्रस्तुतिमा रेखा शाह नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएका भिडियोले दर्शक- श्रोतामा सांगीतिक ऊर्जा थप्ने विश्वास गायिका शाहको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago