सहकारीको वित्तीय अराजकता नियन्त्रण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नियमविपरीत काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित नियामक निकायहरुलाई निर्देशन दिएका छन्।

बिहीबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारीप्रतिको नागरिकमा विश्वास टुट्न नदिनु अहिलेको प्रमुख आवश्यकता रहेको बताए।

प्रधानमन्त्री दाहालले ऐन कानून र सहकारी सिद्धान्त मूल्य, मान्यताअनुसार सञ्चालन गर्दा समस्यामा परेका सहकारीको समस्या समाधानमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

उनले ऐन कानूनविपरीत सञ्चालन गरी काम गर्ने र सहकारी क्षेत्रमा देखिएको वित्तीय अराजतालाई नियमन र नियन्त्रण गर्न नियामक निकायहरुलाई निर्देशन दिए।

उनले आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गरी उत्पादन संरक्षण र प्रवर्द्धन गर्ने सन्दर्भमा सहकारी अभियानसँग सहकार्य गर्न तयार रहेको बताए। उनले राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका खेल्दै आए पनि पछिल्लो समय सहकारीको काम कारबाहीमा केही प्रश्न उठिरहेका बताउँदै अब सहकारीले स्वनियमन गर्न आवश्यक रहेको बताए।

उनले मुलुकको अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारी अभियानलाई सशक्त रुपमा स्थापित गराउन सरकार आवश्यक पहल गर्न तयार रहेको बताए। प्रधानमन्त्री दाहालले सहकारीले अपेक्षाअनरुप प्रमुख प्राथमिकताका क्षेत्र परिवर्तन गर्न आवश्यक रहेको बताए।

उनले विद्यमान सहकारीहरु क्रमशः उत्पादन सहकारी र श्रम सहकारीमा रुपान्तरण गरिनु आवश्यक रहेको बताए। उनले सहकारीप्रतिको आशा र भरोसाको सुरक्षा गर्नुपर्ने दायित्व सबैको भएको बताए।

उनले भने, ‘ऐन कानूनविपरीत भए गरेका कार्यहरु र सहकारी क्षेत्रमा देखिएको वित्तीय अराजतालाई नियमन र नियन्त्रण गर्न नेपाल सरकारका नियामक निकायहरुलाई निर्देशित गर्न चाहन्छु।’

उनले सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलफल गरेर निष्कर्ष निकाल्न आवश्यक रहेको बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago