मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई सात वर्ष कैद

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले मानव बेचबिखन मुद्दामा मनोजकुमार पाण्डेलाई सजाय निर्धारण गरेको छ।

माघ १० गते न्यायाधीश दीपक ढकालको इजलासबाट दोषी ठहर भएका पाण्डेलाई सोमबार त्यहीँ इजलासले ७ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको हो।

बाल यौन दुराचार कसुरमा भने उनलाई दोषी ठहर गर्दै यसअघि नै ६ महिना कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको थियो।

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भएमा एक महिनाभित्र अर्को सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार पाण्डेलाई मानव बेचबिखन मुद्दामा सोमबार सजाय निर्धारण गरेको काठमाडौँ जिल्ला अदालतले सजाय तोकेको हो।

उनीविरुद्ध गत असार १ गते जिल्ला अदालत काठमाडौँमा मानव बेचबिखन र बाल यौन दुव्र्यवहारको कसुरमा दुई वटा मुद्दा दर्ता भएका थिए।

एक सौन्दर्य प्रतियोगिताको सक्सेस पार्टीको क्रममा आफूमाथि आयोजक पाण्डेले बलात्कार गरेको भन्दै एक युवतीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन्। ती युवतीले आफूमाथि भएको घटनाबारे आठ वर्षपछि सार्वजनिक गरेकी थिइन्।

सौन्दर्य प्रतियोगिताको सक्सेस पार्टीको क्रममा बलत्कार भएको दाबी गरेकी युवतीविरुद्धको घट्नामा मानव बेचबिखनविरुद्धको मुद्दा र प्रहरी सम्पर्कमा आइ उजुरी दिएकी अर्की नाबालिकाको हकमा बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको थियो।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago