रैनादेवीछहरामा बस दुर्घटना, ६ जनाको मृत्यु १८ जना घाइते

पाल्पा २२ पौष
पाल्पाको रैनादेवी छहरा गाउँपालिका ८ मा राती भएको बस दुर्घटनामा परि घटनास्थलमै ६ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् । सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत टाडीमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिरेन्द्र थापाले बताउनु भयो । साझण्डीबाट रैनादेवीको खुर्साने तर्फ आउदै गरेको ग १ ख ४९७७ नम्बर बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनमा एउटै वडा रैनादेवी छहरा ८ बस्ने ६ जनाको ज्यान गएको हो । ३६ बर्षिय निर्मला घिमिरे, निर्मलाको छोरी बर्ष १९ को सरुमाया घिमिरे, बर्ष ५४ को खिम कुमारी राना, बर्ष ४० को गुना कुमारी राना, बर्ष २९ को दान कुमारी खत्री र बर्ष १९ को बिमा पाण्डेको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
१२ जना घाइतेहरुको लुम्बिनी प्रादेशिक अञ्चल अस्पताल बुटवल र ६ जना एड मन सि.टी हस्पिटल जितगढी बुटवलमा उपचार भइरहेको छ । घटनास्थल सालझण्डी -ढाेरपाटन सडकखण्ड अन्तरगत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago