रैनादेवीछहरामा बस दुर्घटना, ६ जनाको मृत्यु १८ जना घाइते

पाल्पा २२ पौष
पाल्पाको रैनादेवी छहरा गाउँपालिका ८ मा राती भएको बस दुर्घटनामा परि घटनास्थलमै ६ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् । सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत टाडीमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिरेन्द्र थापाले बताउनु भयो । साझण्डीबाट रैनादेवीको खुर्साने तर्फ आउदै गरेको ग १ ख ४९७७ नम्बर बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनमा एउटै वडा रैनादेवी छहरा ८ बस्ने ६ जनाको ज्यान गएको हो । ३६ बर्षिय निर्मला घिमिरे, निर्मलाको छोरी बर्ष १९ को सरुमाया घिमिरे, बर्ष ५४ को खिम कुमारी राना, बर्ष ४० को गुना कुमारी राना, बर्ष २९ को दान कुमारी खत्री र बर्ष १९ को बिमा पाण्डेको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
१२ जना घाइतेहरुको लुम्बिनी प्रादेशिक अञ्चल अस्पताल बुटवल र ६ जना एड मन सि.टी हस्पिटल जितगढी बुटवलमा उपचार भइरहेको छ । घटनास्थल सालझण्डी -ढाेरपाटन सडकखण्ड अन्तरगत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago