काठमाडौँ – नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङको निधन भएको छ । मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थि निवासमा ६० वर्षको उमेर उनको निधन भएको हो ।

आफ्नै निवासमा मृत भेटिएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए। बुढानिलकण्ठ प्रहरी वृत्तका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार तामाङको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। ‘बेडरुममा मृत अवस्थामा भेटिनु भएको हो। उहाँको दिदीले खबर गरेपछि प्रहरी घरमा पुगेको थियो। रुमको ढोकभित्रबाट बन्द थियो,’ चन्दले भने। उनको मृत्युको कारण पोस्टमार्टमपछिमात्र पत्ता लाग्ने प्रहरी निरीक्षक चन्दले बताए।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए ।उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

उनी ‘रोबिन एन्ड दी न्यु रिभोल्युसन’ का संस्थापन हुन्। स्टेजबाट युवा वर्गलाई जुरुक्कै बनाउने खालका गीत प्रस्तुत गर्ने रोबिनले ब्यान्ड स्थापना गर्नसाथ ‘केटाकेटी’ एल्बम बजारमा ल्याएका थिए। पछिल्लोपटक रोबिनले नाका, छ्ड्के – २, चिसो एस्ट्रेलगायतका फिल्ममा समेत अभिनय गरेका थिए।

पछिल्लो समय रोबिनको साथमा ड्रममा राजेश खड्की, गितारमा दिपेश र बासमा प्रवीनदास श्रेष्ठले साथ दिइरहेका थिए। दम मरो दम, माइला भाइ, ठीकै छ जस्ता गीत गएका उनले नेपाल, हाम्रो देशजस्ता एल्बम बजारमा ल्याएका थिए। उनले डेनी डोन्जाङ्पाले गाएको चिसो चिसो हावामा, अरुण थापाले गाएको जति माया लाए पनि गीत पनि रिमिक्स गरी प्रस्तुत गरेका थिए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago