काठमाडौँ – नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङको निधन भएको छ । मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थि निवासमा ६० वर्षको उमेर उनको निधन भएको हो ।

आफ्नै निवासमा मृत भेटिएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए। बुढानिलकण्ठ प्रहरी वृत्तका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार तामाङको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। ‘बेडरुममा मृत अवस्थामा भेटिनु भएको हो। उहाँको दिदीले खबर गरेपछि प्रहरी घरमा पुगेको थियो। रुमको ढोकभित्रबाट बन्द थियो,’ चन्दले भने। उनको मृत्युको कारण पोस्टमार्टमपछिमात्र पत्ता लाग्ने प्रहरी निरीक्षक चन्दले बताए।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए ।उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

उनी ‘रोबिन एन्ड दी न्यु रिभोल्युसन’ का संस्थापन हुन्। स्टेजबाट युवा वर्गलाई जुरुक्कै बनाउने खालका गीत प्रस्तुत गर्ने रोबिनले ब्यान्ड स्थापना गर्नसाथ ‘केटाकेटी’ एल्बम बजारमा ल्याएका थिए। पछिल्लोपटक रोबिनले नाका, छ्ड्के – २, चिसो एस्ट्रेलगायतका फिल्ममा समेत अभिनय गरेका थिए।

पछिल्लो समय रोबिनको साथमा ड्रममा राजेश खड्की, गितारमा दिपेश र बासमा प्रवीनदास श्रेष्ठले साथ दिइरहेका थिए। दम मरो दम, माइला भाइ, ठीकै छ जस्ता गीत गएका उनले नेपाल, हाम्रो देशजस्ता एल्बम बजारमा ल्याएका थिए। उनले डेनी डोन्जाङ्पाले गाएको चिसो चिसो हावामा, अरुण थापाले गाएको जति माया लाए पनि गीत पनि रिमिक्स गरी प्रस्तुत गरेका थिए।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago