व्यापारिक समूहलाई फाइदा हुने गरी करका दर हेरफेर गरेको

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यापारिक समूहलाई लाभ पुग्नेगरी करका दर हेरफेर गरेको विषयमा सांसदहरुले प्रश्न उठाएका छन् ।

नेकपा एमालेका सांसद ठाकुर गैरे र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै संसदीय छानविन समिति गठन गर्न माग गरेका हुन् । सांसद शाहीले भन्सार विभागका पूर्व नायव सुब्बा (नासु) लाई बजेट बनाउने गोप्य कोठामा लगेर करका दर हेरफर गरेको विषय गम्भीर भएको बताए।

सांसद शाहीले अर्थ मन्त्रालयले अनधिकृत रुपमा करको दर हेरफेर गरेको भए अर्थमन्त्रीमाथि नै कारवाही हुनुपर्ने बताए।

उनले गोप्य कोठामा लगेर करका दर हेरफर गरेको विषयमा छानविन हुनुपर्ने माग गरे। अर्थ मन्त्रालयले अनधिकृत रुपमा करको दर हेरफेर गरेको भए अर्थमन्त्रीमाथि कारवाही हुनुपर्ने उनको माग थियो।

उनले संसदीय छानविन नगरी बजेटमा छलफल हुन नसक्ने भन्दै भोलिको बैंठकले छानविन समिति बनाउनुपर्ने माग गरे। सांसद गैरैले पनि केही निश्चित व्यवसायीको हितमा अर्थमन्त्री महतले करका दर लिकेज गरेको भन्दै दुःख व्यक्त गरे।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago