बिर्तामोड । विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताउनु भयो । स्वच्छ वातावरण र वातावरण हराबरा बनाउनका लागि विरुवा रोप्न आवश्यक रहेको भन्दै उहाँले नगरवासी सबैले जतिसक्दो धेरै विरुवा रोप्न आग्रह गर्नु भयो । घर,सडकको दायाँ बायाँ, विद्यालय वरीपरी रुख रोपेर स्वच्छ वातावरणमैत्री हरितनगर निर्माणको लागि सबै एकजुट भएर लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो।
विश्व वातावरण दिवसको अवसरमा बिर्तामोड नगरपालिका र ३ नम्बर वडा कार्यालयको सहकार्यमा प्रथम बहुउदेश्यीय सहकारी संस्थाले बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो। विद्यालय अगाडि १० वटा सिरिसको बिरुवा रोपिएको हो । नगर प्रमुख प्रसाईले विरुवा रोपेर कार्यक्रमको उद्घाटन भएको थियो । नगर प्रमुखले आज सुरुवातमात्रै गरेको बताउँदै उहाँले पानी परेर वातावरण सहज भएपछि वृक्षरोपण कार्यलाई अघि बढाउने नगर प्रमुख प्रसाईले जानकारी दिनु भयो ।
प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…