निजी गाडीले भाडामा यात्रु बोक्न पाइदैन तर ट्राफिक अनुगमन हुन नसक्दा निर्वाध रुपमा निजि गाडीहरु भाडामा चलेका छन, यहि सडकमा केही समय अगाडि बस दुर्घटना हुदा ६ जनाले ज्यान गुमाएका थिए भने १८ जना घाइते भएका थिए ।
भबिन्द्र गौतम, पाल्पा । आइतबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । सालझण्डी बाट अर्घाखाँचीको पाणिनी तर्फ जादै गरेको जीप पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती को केवँरेछेडामा दुर्घटनामा परेको थियो । दुर्घटनामा १० जना घाइते भएका छन । उनिहरुको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकहरु पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम, पोखराथोककी दुई वर्षीय संयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल (कृष्णप्रसाद) रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । उनिहरु मध्ये ३ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । मृतक मध्ये सीता र संयोग आमा छोरा हुन् ।
घाइतेमध्ये ५ जनाको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ । जसमा चार जनाको भैरहवास्थित मेडिकल कलेज र एक जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । यस्तै पाँच जना घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ । उनिहरुको अवस्था भने सामान्य छ । घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा भएको हो । दुर्घटनाग्रस्त जीप सडकदेखि ७० मिटर तल खसेको थियो ।
दुर्घटनापछि अर्घाखाँचीको पाणिनी र पोखराथोक गाउँ शोकमग्न भएको छ । दुर्घटनाग्रस्त जीप उकालेमा ब्याक भएको स्थानीयले बताएका छन । जिपमा पछाडि सामान र यात्रुसमेत अधिक राखिएको थियो । रातो प्लेटको डबल क्याब जीपको क्षमता ५ जनाको मात्र हुन्छ । यसमा ५ जनाको बीमाले खर्च बेहोर्ने र थपको उपचार खर्च सवारी धनीले बेहोर्नुपर्ने हुन्छ ।
निजी गाडीले भाडामा यात्रु बोक्न पाइदैन तर ट्राफिक अनुगमन हुन नसक्दा निर्वाध रुपमा निजि गाडीहरु भाडामा चलेका छन । सालझण्डी बाट ढोरपाटन सडक हुँदै नियमित रुपमा निजि पिकअप गाडी चल्ने गर्छन । उनिहरु भाडामा यात्रु ओसारपसार गर्छन । त्यस क्षेत्रमा प्रहरीको पहुच न्यून रहेको छ ।
यहि सडकमा केही समय अगाडि बस दुर्घटना हुदा ६ जनाले ज्यान गुमाएका थिए भने १८ जना घाइते भएका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…