पाल्पा जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

निजी गाडीले भाडामा यात्रु बोक्न पाइदैन तर ट्राफिक अनुगमन हुन नसक्दा निर्वाध रुपमा निजि गाडीहरु भाडामा चलेका छन, यहि सडकमा केही समय अगाडि बस दुर्घटना हुदा ६ जनाले ज्यान गुमाएका थिए भने १८ जना घाइते भएका थिए ।

भबिन्द्र गौतम, पाल्पा । आइतबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । सालझण्डी बाट अर्घाखाँचीको पाणिनी तर्फ जादै गरेको जीप पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती को केवँरेछेडामा दुर्घटनामा परेको थियो । दुर्घटनामा १० जना घाइते भएका छन । उनिहरुको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकहरु पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम, पोखराथोककी दुई वर्षीय संयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल (कृष्णप्रसाद) रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । उनिहरु मध्ये ३ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । मृतक मध्ये सीता र संयोग आमा छोरा हुन् ।

घाइतेमध्ये ५ जनाको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ । जसमा चार जनाको भैरहवास्थित मेडिकल कलेज र एक जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । यस्तै पाँच जना घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ । उनिहरुको अवस्था भने सामान्य छ । घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा भएको हो । दुर्घटनाग्रस्त जीप सडकदेखि ७० मिटर तल खसेको थियो ।

दुर्घटनापछि अर्घाखाँचीको पाणिनी र पोखराथोक गाउँ शोकमग्न भएको छ । दुर्घटनाग्रस्त जीप उकालेमा ब्याक भएको स्थानीयले बताएका छन । जिपमा पछाडि सामान र यात्रुसमेत अधिक राखिएको थियो । रातो प्लेटको डबल क्याब जीपको क्षमता ५ जनाको मात्र हुन्छ । यसमा ५ जनाको बीमाले खर्च बेहोर्ने र थपको उपचार खर्च सवारी धनीले बेहोर्नुपर्ने हुन्छ ।

निजी गाडीले भाडामा यात्रु बोक्न पाइदैन तर ट्राफिक अनुगमन हुन नसक्दा निर्वाध रुपमा निजि गाडीहरु भाडामा चलेका छन । सालझण्डी बाट ढोरपाटन सडक हुँदै नियमित रुपमा निजि पिकअप गाडी चल्ने गर्छन । उनिहरु भाडामा यात्रु ओसारपसार गर्छन । त्यस क्षेत्रमा प्रहरीको पहुच न्यून रहेको छ ।

यहि सडकमा केही समय अगाडि बस दुर्घटना हुदा ६ जनाले ज्यान गुमाएका थिए भने १८ जना घाइते भएका थिए ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago