जापान । नेपाली नयाँ वर्ष २०८० को आगमन संगै जापानमा पनि नेपालीहरुले नयाँ वर्ष उल्लासमय मनाउने गरि नयाँ वर्ष सांगितिक साँझ २०८० सांगितिक कार्यक्रम हुने भएको छ ।
ग्लोबल मल्टीमिडिया प्रा.लिले संचालन गरेको मातृ सन्देश डटकमको ७औं उत्सवको अवसरमा जि एण्ड के कम्पनीको प्रयोजनमा नयाँ वर्ष सांगितिक साँझ बैशाख २ गते अर्थात् अप्रिल १५ तारिखको साँझ ६ बजेबाट शिनओकूबोको बारकाडे गुडटाईम्समा हुने भएको हो ।
उक्त सांगितिक कार्यक्रममा नेपालको कला, संस्कृति विकास र पर्यटन प्रवर्द्धनको लागि चर्चित कलाकार कृष्ण कँडेल, गायक रवी ओड, हास्यकलाकार शैलेंद्र सिम्खडा, गायिकाद्वय रेखा पौडेल, कृष्णा बजगाई, हास्यकलाकार इन्द्र’खम्भे’ दोङ, डान्सर रूपा लामा लगायत कलाकारहरुको प्रस्तुति रहने जनाएको छ ।
कार्यक्रममा एक चर्चित अनुहार नायक तथा पाईलट विजय लामाको समेत सहभागी रहने आयोजकले जनाएको छ ।
नेपाली नयाँ वर्षको अवसर पारेर मनोरंजनसहित केहि समाजसेवामा लागेको इन्द्रेणीको टीमलाई स्वागत गर्न कार्यक्रम आयोजना गरिएको मातृ सन्देश डट कमका निर्देशक तथा कार्यक्रम संयोजक ददिवल खड्काले बताउनु भयो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…