जापान । नेपाली नयाँ वर्ष २०८० को आगमन संगै जापानमा पनि नेपालीहरुले नयाँ वर्ष उल्लासमय मनाउने गरि नयाँ वर्ष सांगितिक साँझ २०८० सांगितिक कार्यक्रम हुने भएको छ ।
ग्लोबल मल्टीमिडिया प्रा.लिले संचालन गरेको मातृ सन्देश डटकमको ७औं उत्सवको अवसरमा जि एण्ड के कम्पनीको प्रयोजनमा नयाँ वर्ष सांगितिक साँझ बैशाख २ गते अर्थात् अप्रिल १५ तारिखको साँझ ६ बजेबाट शिनओकूबोको बारकाडे गुडटाईम्समा हुने भएको हो ।
उक्त सांगितिक कार्यक्रममा नेपालको कला, संस्कृति विकास र पर्यटन प्रवर्द्धनको लागि चर्चित कलाकार कृष्ण कँडेल, गायक रवी ओड, हास्यकलाकार शैलेंद्र सिम्खडा, गायिकाद्वय रेखा पौडेल, कृष्णा बजगाई, हास्यकलाकार इन्द्र’खम्भे’ दोङ, डान्सर रूपा लामा लगायत कलाकारहरुको प्रस्तुति रहने जनाएको छ ।
कार्यक्रममा एक चर्चित अनुहार नायक तथा पाईलट विजय लामाको समेत सहभागी रहने आयोजकले जनाएको छ ।
नेपाली नयाँ वर्षको अवसर पारेर मनोरंजनसहित केहि समाजसेवामा लागेको इन्द्रेणीको टीमलाई स्वागत गर्न कार्यक्रम आयोजना गरिएको मातृ सन्देश डट कमका निर्देशक तथा कार्यक्रम संयोजक ददिवल खड्काले बताउनु भयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…