मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाई निर्वाचित

मेचीनगर। मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाई निर्वाचित भएका छन् ।

आफ्ना प्रतिस्पर्धी मोहन निरौलालाई १६४ मतको अन्तरले पराजित गरी प्रसाई निर्वाचित भएका हुन् । प्रसाईले ७३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी निरौलाले मात्र ५६८ मत प्राप्त गरेका थिए ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर) निर्वाचित भएका छन् । उनले ५१६ मत ल्याए । उनका प्रतिस्पर्धी हरिप्रसाद कोइरालाले ५०९ र पन्नालाल जैनले २१९ मत मात्र प्राप्त गरे । उद्योग उपाध्यक्षमा भूमि पौडेल ६५५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी आनन्द खड्काले ५९७ मत मात्र प्राप्त गरे ।

वाणिज्य उपाध्यक्षमा कञ्चन बराल ७३२ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी भिमबहादुर कुँवरले ५०४ मत ल्याए ।
यस्तै, महिला उपाध्यक्षमा निर्मला चौहान भण्डारीले ६२६ मत ल्याएर निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुनिता शर्माले ५८४ मत प्राप्त गरिन् ।
महासचिव पदमा दिनेश शाक्य निर्वाचित भएका छन् । उनी ६६८ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी उदयकुमार श्रेष्ठले ५५० मत मात्र प्राप्त गरेको निर्वाचन समिति संयोजक अशोककुमार पोखरेलले बताए ।

यसैगरी महिला सदस्यमा देवीमाया तामाङ ६३२ र सुन्दरीकुमारी श्रेष्ठ ५७१ मत ल्याएर निर्वाचित भए । सदस्यमा कृष्णकुमारी चापागाई सुवेदीले ४५० र पवित्रा तिवारीले ५०९ मात्र प्राप्त गरेका थिए ।

खुल्ला सदस्यमा विष्णुबहादुर बुढाथोकी ७४६, कमलप्रसाद कोइराला ६९९, विनोदकुमार बानियाँ ६२९, श्यामप्रसाद न्यौपाने ६२३, भिम विष्ट ६०५, राजेशकुमार वंशल ६०५, सन्तोष खवास ५८४ र दिपेन्द्रराज पाण्डे ५५७ मत ल्याएर निर्वाचित भएका छन् ।
सदस्यमा वर्मलाल ओझाले ५४०, चन्द्रबहादुर घोर्साईले ५२५, श्रवणकुमार बानियाँले ५१८, ललित अग्रवालले ४३५, गोपालप्रसाद गुप्ताले ४२६, कुलप्रसाद शिवाकोटी (केपी)ले ४१२, इन्द्रप्रसाद भण्डारीले ३७५ र श्रवणकुमार साहले ३३८ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago