झापा । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुशरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतवार गरेको अन्तरसंवादमा सहभागी व्यवसायीका प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित भारत , बंगलादेश, भुटान र पाकिस्तानका उत्पादनहरुले पनि स्टल बुकिङ गरेका छन् । महोत्सवमा दुई सयबढी स्टल रहने बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा व्यापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।
मित्रराष्ट्रबाट सहभागी हुन आएका व्यवसायीले सञ्चालन गरेको व्यवसायिक स्टल र उनीहरुको व्यापार शैलीका विषयमा यहाँका व्यवसायीले अनुशरण गर्दै आगामी दिनमा व्यापार व्यवसाय सञ्चालन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छलफलमा सहभागी वेदप्रकाश अग्रवालले बताए ।
यता मेची डिस्ट्रिव्युटर एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले महोत्सव स्थल उपभोक्ता र अवलोकनकर्ताका लागि सुरक्षित, आकर्षक र मनोरञ्जनात्मक गन्तव्य स्थलको रुपमा निर्माण हुनुपर्नेमा जोड दिए।
महोत्सवका विषयमा आइतवार मात्रै आयोजक समितिले मेची डिस्ट्रिव्युटर एशोसिएसन, कस्मेटिक डिलर एण्ड फुड एशोसिएसन, सौन्दर्य व्यवसायी संघ, छठ समाज सेवा समितिसंग छुट्टाछुट्टै छलफल र अन्तरसंवाद गरेको छ । छलफलमा मेची डिस्ट्रिव्युटर एशोसिएसन मेची अध्यक्ष राजेन्द्रकुमार थापा, निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल , उपाध्यक्ष प्रविण अग्रवाल, सचिव राजीव श्रेष्ठ, सदस्य भगवानदास अग्रवाल सहभागी भएका थिए ।
त्यस्तै छठ समाज सेवा समितिका अध्यक्ष राजकुमार गुप्ता,निवर्तमान अध्यक्ष घनश्याम चौधरी, मनोज चौधरी, वरुणकुमार जयसवाल,राजकुमार शाह, मनोज रौनियार , संजय चौधरीलगायत सहभागी थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…