लोक नृत्यमा इडन गार्डेन स्कूल र मेचीनगरको इष्ट होराइजन मावि प्रथम

मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन–प्याब्सन) झापाको आयोजनामा भएको ११ औँ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक प्रतियोगिता शनिबार मेचीनगरमा सम्पन्न भएको छ ।

मेचीनगरको इष्ट होराइजन माविको संयोजनमा सोही विद्यालयमा भएको प्रतियोगितामा एन प्याब्सन झापामा आबद्ध निजी विद्यालयहरु सहभागी थिए । सांस्कृतिक कार्यक्रमसहित भएको जिल्लास्तरीय लोक नृत्य प्रतियोगितामा सिनियरतर्फ बिर्तामोडको इडन गार्डेन स्कूल र जुनियरतर्फ मेचीनगरको इष्ट होराइजन मावि प्रथम भएका छन् ।

सिनियर नृत्यतर्फ मेचीनगरको लोफोफोरस इङ्लिस स्कूल दोस्रो र मेचीनगरकै आदर्श विद्या मन्दिर तेस्रो भएका छन् । यस्तै, जुनियर नृत्यमा मर्निङ ग्लोरी स्कूल दोस्रो र मेचीनगरको माँ सरस्वती फाउन्डेसन तेस्रो भएका छन् । सिनियर नृत्यमा ११ तथा जुनियर नृत्य प्रतियोगितामा जिल्लाबाट छनोट भएका ९ वटा विद्यालयबीच प्रतिस्पर्धा भएको थियो । सांस्कृतिक कार्यक्रमको सञ्चालन इष्ट होराइजन माविका शिक्षकद्वय सरियु राई र संगीता थापाले गरेका थिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

एन प्याब्सन झापाका अध्यक्ष खिवराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एन प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल रहेका थिए । कार्यक्रममा मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, एन प्याब्सनका प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य जयबहादुर श्रेष्ठ, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, आदर्श मावि मेचीनगरका प्रधानाध्यापक कृष्ण पुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एन प्याब्सनका केन्द्रीय सदस्य तथा इष्ट होराइजन माविका प्रिन्सिपल सन्जिव राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव ओमविक्रम नेम्वाङ तथा जिल्ला उपाध्यक्ष प्रेम शेर्माले औचित्यमाथि प्रकाश पारेका थिए ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago