लोक नृत्यमा इडन गार्डेन स्कूल र मेचीनगरको इष्ट होराइजन मावि प्रथम

मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन–प्याब्सन) झापाको आयोजनामा भएको ११ औँ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक प्रतियोगिता शनिबार मेचीनगरमा सम्पन्न भएको छ ।

मेचीनगरको इष्ट होराइजन माविको संयोजनमा सोही विद्यालयमा भएको प्रतियोगितामा एन प्याब्सन झापामा आबद्ध निजी विद्यालयहरु सहभागी थिए । सांस्कृतिक कार्यक्रमसहित भएको जिल्लास्तरीय लोक नृत्य प्रतियोगितामा सिनियरतर्फ बिर्तामोडको इडन गार्डेन स्कूल र जुनियरतर्फ मेचीनगरको इष्ट होराइजन मावि प्रथम भएका छन् ।

सिनियर नृत्यतर्फ मेचीनगरको लोफोफोरस इङ्लिस स्कूल दोस्रो र मेचीनगरकै आदर्श विद्या मन्दिर तेस्रो भएका छन् । यस्तै, जुनियर नृत्यमा मर्निङ ग्लोरी स्कूल दोस्रो र मेचीनगरको माँ सरस्वती फाउन्डेसन तेस्रो भएका छन् । सिनियर नृत्यमा ११ तथा जुनियर नृत्य प्रतियोगितामा जिल्लाबाट छनोट भएका ९ वटा विद्यालयबीच प्रतिस्पर्धा भएको थियो । सांस्कृतिक कार्यक्रमको सञ्चालन इष्ट होराइजन माविका शिक्षकद्वय सरियु राई र संगीता थापाले गरेका थिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

एन प्याब्सन झापाका अध्यक्ष खिवराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एन प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल रहेका थिए । कार्यक्रममा मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, एन प्याब्सनका प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य जयबहादुर श्रेष्ठ, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, आदर्श मावि मेचीनगरका प्रधानाध्यापक कृष्ण पुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एन प्याब्सनका केन्द्रीय सदस्य तथा इष्ट होराइजन माविका प्रिन्सिपल सन्जिव राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव ओमविक्रम नेम्वाङ तथा जिल्ला उपाध्यक्ष प्रेम शेर्माले औचित्यमाथि प्रकाश पारेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago