आचार्य परिवारद्वारा अक्षय कोषका लागि कालिमाता मन्दिरलाई सहयोग

झापा, बिर्तामोड– ९ आदर्श चौक निवासी स्व.शान्ताकुमारी आचार्यको १३ औं दिनको पुण्यतिथिमा परिवारले स्थानीय बिर्तामोड– ९ आदर्श चौक  कालिमाता मठ मन्दिर व्यवस्थापन समितिलाई १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

कालिमाता मठ मन्दिर समितिको अक्षय कोषका लागि आचार्य परिवारले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् ।स्व.शान्ताकुमारी आचार्यको ५६ वर्षको अल्पायुमा पुष ९ गते क्यान्सर रोगबाट निधन भएको थियो । जीवित रहँदा घरनजिकको मन्दिरका लागि केही सहयोग गर्ने उनले इच्छा राखेकी थिइन् । बिर्तामोड– ९ मा रहेका गरिब बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्धेश्यले आफ्नो परिवारका तर्फबाट सो सहयोग गरिएको स्व.शान्ताकुमारीका देवर टैलेन्द्र आचार्यले बताए । आफ्ना दिवंगत दाजु रमेश र भाउजु शान्ताकुमारीको संझनामा अक्षय कोष स्थापनाका लागि सो सहयोग गरिएको उनले जानकारी दिए । स्व.शान्ताकुमारीका श्रीमान् स्व. रमेशको करिब १२ वर्षअघि निधन भएको थियो ।

 

सहयोग रकम स्व.शान्ताकुमारीका सासू आमा भीमाकुमारी आचार्यले कालिमाता मठ मन्दिर समितिका उपाध्यक्ष रविन बुढाथोकीलाई हस्तान्तरण गरिन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा स्व.शान्ताकुमारीका छोरा प्रकाश आचार्य, बुहारी सरिता आचार्य, छोरीहरु अस्मिता आचार्य, सुस्मिता आचार्य, जेठाजु शंकर आचार्य,नन्द बिनु आचार्य, मन्दिर समितिका काजी बुढाथोकी ,जगत कटुवाल, जीवन शिवाकोटी , गणेश उप्रेती ,मोहन पौड्याल, संजय पौड्याल, पुष्पराज आचार्य, टंक आचार्य, रोशन पौड्याल,पुण्य सुवेदी, इन्द्र सिंह राजवंशी,कुमार कटवाल, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्दिर समितिका तर्फबाट काजी बुढाथोकीले अल्पायुमै छिमेकी स्व.शान्ताकुमारीलाई गुमाउनु पर्दा सिंगो गाउँ समाज दुःखित बनेको बताए । उनले दिवंगतआत्माप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्राप्त सहयोगलाई सही सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।

कालिमाता मठ मन्दिर अध्यक्ष युवराज रोक्काले मन्दिर समितिले सामाजिक रुपान्तरणको अभियानमा धार्मिक र सामाजिक गतिविधि गर्दै आएको बताए । जसमा बिर्तामोड– ९ आदर्श चोकमा सार्वजनिक धारा निर्माण गरी पिउने पानी सेवा संचालन, साथै सडक बत्ती व्यवस्थापन गर्दै आएको उनले बताए । यसैगरी सार्वजनिक स्थलमा सूचना पाटी तथा डस्बीन राखिएको बताए । विगतमा दुर्गा माध्यमिक विद्यालय गरामनीलाई एक विगाह जग्गा दान दिएर हाल बिचल्लीमा रहेका स्व. उजारु राजवंशीको घर निर्माणको लागि २० बोरा सिमेन्ट सहयोग गर्ने निर्णय गरिएको रोक्काले जानकारी दिए । साथै छिट्टै आगामी दिनमा क्यान्सर रोगसम्बन्धी जनचेतनामुलक तथा प्रारम्भिक परीक्षण कार्यक्रम आयोजना गर्ने योजना समेत रहेको उनको भनाई छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago