अवैध रूपमा भारतबाट ल्याइएकाे ९ सय ५ बोरा भारतीय ब्रान्डका चामल बरामद

प्रहरीले वीरगञ्ज -११ रानीघाट मा रहेको तीन वटा चामल उधोगमा छापा मार्ने क्रममा फेला पारेकाे भारतबाट तस्कर गरी ल्याइएको साे चामल बरामद गरेकाे हाे।

विभिन्न किसिमका भारतीय ब्रान्डका चामलहरू भन्सार छली वीरगञ्जमा भण्डारण गरी राखेको प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले रानीघाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको कृष्णा साह, सुनिल साह र देवनारायण साहको गोदामहरूमा छापा मारेको थियो।

सो क्रम ती गोदाम हरूबाट २०/२४/२६ के.जी.का भारतीय ब्रान्डका चामलका ९ सर ५ बोराहरू नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।

नियन्त्रणमा लिइएको चामलको बजार मुल्य रु.१३ लाख ६० हजार ८ सय कायम गरी आवश्यक कारबाहीको वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरीले बताए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago