अनेसास जापानको नियमित ६५औं साहित्यिक शृङ्खला टोकियोमा सम्पन्न

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको नियमित ६५औं शृङ्खला विविध साहित्यिक कार्यक्रम गरि सम्पन्न भएको छ । टोकियोमा मंगलबार सम्पन्न सो साहित्यिक कार्यक्रमको अवसरमा जापानमै रहेका स्रष्टाहरुका तीन कृति विमोचन भएको छ ।

विमोचित कृतिहरुमा मञ्जुल मितेरीको कविता संग्रह ‘कामी’, मञ्जु गिरीको कविता संग्रह ‘साकुराको देशबाट’ र केबी पारखीको मुक्तक संग्रह ‘मनको मन्दिर’ रहेका छन् । प्रकाशित कृतिहरुको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी क्षेत्रीले विमोचन गर्नुभएको थियो ।

उक्त साहित्यिक समारोहमा बोल्दै राजदूत डा. क्षेत्रीले प्रवासका नेपाली मनहरुलाई घरबाससंग जोड्न नेपाली भाषा, साहित्य र कलाको महत्वपूर्ण भूमिका रहने बिचार ब्यक्त गर्नुभयो । विमोचित तीन कृतिहरुमाथि फरक-फरक तीन साहित्यकारहरुले समीक्षात्मक चर्चा गर्नुभएको थियो । जसअनुसार मितेरीको ‘कामी’ कृतिका बारेमा साहित्यकार अमृत ढकाल, गिरीको ‘साकुराको देशबाट’ कृतिका बारेमा अनेसासका केन्द्रिय सचिव तथा अनेसास जापानका पूर्व अध्यक्ष दीप पाठक र पारखीको ‘मनको मन्दिर’ कृतिका बारेमा साहित्यकार गोविन्द गिरीले समीक्षात्मक विश्लेषण गर्नुभएको थियो ।

साहित्यिक समारोहको दोस्रो चरण ‘मुक्तक मञ्जरी’ मा मुक्तककारहरु क्रमशः अरुण पौडेल, पिताम्बर चापागांई, रचना रचु र समर प्रेमको सशक्त एवं चोटिला मुक्तकहरुले देश, काल, समय, परिस्थिति, थिति-बेथिति, प्रेम, संयोग, बियोग, आरोह-अवरोह, क्रान्ति-शान्ति तथा विद्रोहका आगो ओकलेका थिए । साहित्यिक समारोहमा अनेसास जापान तथा अनेसास केन्द्रका पूर्व अध्यक्ष प्रकाश पौडेल ‘माइला’ प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, नेपाल र नेपाली भाषा-साहित्यबारे जानकार जापानी नागरिक हारुहितो नोजु, नेपाल जापान चेम्बर अफ कमर्श जापान च्याप्टरका अध्यक्ष डा. बलराम श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, अनेसास जापानका पूर्व अध्यक्ष आलोक चालिसे लगायतले विमोचित कृति र सामाजिक रुपान्तरणका लागि साहित्य एवं भाषाको महत्व एवं उपादेयता बारेमा प्रकाश पार्नुभएको थियो ।

साहित्यिक समारोहमा मिनराज बास्तोला, यमा शेचन गुरुङ, गृष्मा पौडेल लगायतका स्रष्टाहरुले आ-आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । राष्ट्रियगानबाट अनेसास जापानका अध्यक्ष रबिन शर्माको सभापतित्वमा सुरु भएको साहित्यिक समारोहको प्रारम्भमा अनेसास जापानका उपाध्यक्ष आनन्द अधिकारीको साहित्यिक स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव अनिलकुमार ‘निर्दोष’ को रहेको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago