कुटुम्ब बहुउद्देश्यीय सहकारी संस्थाकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न

पाल्पा, मंसिर १८ । कुटुम्ब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सदस्यहरुलाई व्यसायिक, उद्यमि र स्वरोजगार बनाउने लक्ष्य लिएकाे सहकारीले दोस्रो वार्षिक साधारण आयाेजना गरेकाे हाे ।  सभामा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डेले कुटुम्बले आर्थिक अनुशासनको पालना गर्दै आँफुलाई अब्बल बनाउने दिशा तर्फ उन्मुख रहेको बताए ।

धेरै सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्न नसकेको भन्दै अध्यक्ष पाण्डेले कुटुम्बलाई पनि सामाजिक उत्तरदायित्व बहनमा ध्यान दिन अनुरोध गरे । ‘आफ्ना सदस्यलाई सुखि र स्वास्थ्य बनाउन तर्फ ध्यान दिनुहोला’ संघका अध्यक्ष पाण्डेले भने, ‘सदस्यलाई सुखि र स्वस्थ बनाउन ध्यान दिनुभयो भने बाल्यकालमै रहेको यो संस्था बृद्द अवस्था सम्म तन्दुरुस्त हुन्छ ।’ कुटुम्बले छोँटो समयमा गरेको आर्थिक प्रगतिको तारिफ गर्दै पाण्डेले आगामी दिनमा थप सफलताका लागि शुभकामना ब्यक्त गरेका थिए ।

सहकारीका अध्यक्ष थानेश्वर गैरेले सहकारी विधिसम्मत् र सेयर सदस्यमैत्री रुपमा संचालन भैइरहेको बताए । कुटुम्बले आँफुलाई शसक्त, क्षमतावान र विश्वासिलो बनाउदै गएको बताउँदै अध्यक्ष गैरेले सहकारीलाई आगामी दिनमा पाल्पाकै उत्कृष्ट बनाउने गरि काम गर्ने प्रतिबद्दता जनाए । कुटुम्बमा हालसम्म ५६४ जना सदस्य आबद्द छन । संस्थाले निक्षेपतर्फ नियमित बचत, दैनिक बचत, मासिक बचत, आवधिक बचत तथा बाल बचत र लगानी तर्फ व्यापार, व्यवसाय, हायर पर्चेज र कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वचतको आधारमा बिना धितो लगानी गर्दै आएको छ ।

गत आवमा कुटुम्बले ७ करोड १६ लाख २३ हजार ५ सय १६ रुपैयाँ १९ पैसाको कारोवार गरेको छ । संस्थाले आ.व. २०८०।०८१ मा शेयर सदस्यता वृद्दि गरि ७०० जना  पु्याउने लक्ष्य लिएको छ । महिला उद्यमी तथा युवा स्वरोजगार तथा उत्पादमुलक क्षेत्रमा ब्यवसाय गर्नेहरुलाई छनौट गरि ९ प्रतिशतमा कर्जा उपलब्ध गराउने योजना बनाएको छ । आगामी वर्षबाट संस्थामा आवद्द जेष्ठ नागरिकलाई सम्मान गर्ने, सदस्यको कम्तिमा ५ लाख सम्मको दुर्घटना बिमा गर्ने र कर्मचारी संचय कोषको ब्यवस्था समेत लागु हुने बताईएको छ । साधारण सभाको अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डे र पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष भगवान भण्डारीलाई सम्मान गरिएको थियो ।

 

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago