कुटुम्ब बहुउद्देश्यीय सहकारी संस्थाकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न

पाल्पा, मंसिर १८ । कुटुम्ब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सदस्यहरुलाई व्यसायिक, उद्यमि र स्वरोजगार बनाउने लक्ष्य लिएकाे सहकारीले दोस्रो वार्षिक साधारण आयाेजना गरेकाे हाे ।  सभामा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डेले कुटुम्बले आर्थिक अनुशासनको पालना गर्दै आँफुलाई अब्बल बनाउने दिशा तर्फ उन्मुख रहेको बताए ।

धेरै सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्न नसकेको भन्दै अध्यक्ष पाण्डेले कुटुम्बलाई पनि सामाजिक उत्तरदायित्व बहनमा ध्यान दिन अनुरोध गरे । ‘आफ्ना सदस्यलाई सुखि र स्वास्थ्य बनाउन तर्फ ध्यान दिनुहोला’ संघका अध्यक्ष पाण्डेले भने, ‘सदस्यलाई सुखि र स्वस्थ बनाउन ध्यान दिनुभयो भने बाल्यकालमै रहेको यो संस्था बृद्द अवस्था सम्म तन्दुरुस्त हुन्छ ।’ कुटुम्बले छोँटो समयमा गरेको आर्थिक प्रगतिको तारिफ गर्दै पाण्डेले आगामी दिनमा थप सफलताका लागि शुभकामना ब्यक्त गरेका थिए ।

सहकारीका अध्यक्ष थानेश्वर गैरेले सहकारी विधिसम्मत् र सेयर सदस्यमैत्री रुपमा संचालन भैइरहेको बताए । कुटुम्बले आँफुलाई शसक्त, क्षमतावान र विश्वासिलो बनाउदै गएको बताउँदै अध्यक्ष गैरेले सहकारीलाई आगामी दिनमा पाल्पाकै उत्कृष्ट बनाउने गरि काम गर्ने प्रतिबद्दता जनाए । कुटुम्बमा हालसम्म ५६४ जना सदस्य आबद्द छन । संस्थाले निक्षेपतर्फ नियमित बचत, दैनिक बचत, मासिक बचत, आवधिक बचत तथा बाल बचत र लगानी तर्फ व्यापार, व्यवसाय, हायर पर्चेज र कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वचतको आधारमा बिना धितो लगानी गर्दै आएको छ ।

गत आवमा कुटुम्बले ७ करोड १६ लाख २३ हजार ५ सय १६ रुपैयाँ १९ पैसाको कारोवार गरेको छ । संस्थाले आ.व. २०८०।०८१ मा शेयर सदस्यता वृद्दि गरि ७०० जना  पु्याउने लक्ष्य लिएको छ । महिला उद्यमी तथा युवा स्वरोजगार तथा उत्पादमुलक क्षेत्रमा ब्यवसाय गर्नेहरुलाई छनौट गरि ९ प्रतिशतमा कर्जा उपलब्ध गराउने योजना बनाएको छ । आगामी वर्षबाट संस्थामा आवद्द जेष्ठ नागरिकलाई सम्मान गर्ने, सदस्यको कम्तिमा ५ लाख सम्मको दुर्घटना बिमा गर्ने र कर्मचारी संचय कोषको ब्यवस्था समेत लागु हुने बताईएको छ । साधारण सभाको अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डे र पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष भगवान भण्डारीलाई सम्मान गरिएको थियो ।

 

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago