पोखरा- नेपालमा पाइने ६ सय ४० प्रजातिका पुतलीबारे खोज अनुसन्धान गरेका बेलायती नागरिक कलिन स्मिथको निधन भएको छ। ‘पुतली बाजे’ को नामले परिचित स्मिथको शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएको हो ।
उनको हरियोखर्क अस्पताल पोखरामा शनिबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको स्मिथ निकटस्थ सुनिल उलकले जानकारी दिए।
‘लामो समयदेखि नै उहाँ बिरामी हो। बिरामी भएपछि हरियोखर्क जाने निको भएपछि नयाँगाउँ चर्चको वृद्धाश्रममा फर्कने क्रम चलिरहन्थ्यो’, उलकले भने।
पोखराको लामागाउँ घर भएका स्मिथ अशक्त भएपछि चर्चमा बस्न थालेका हुन्।
‘पुतली बाजे’ को सोमबार अन्त्येष्टि गरिनेछ। गाइघाटमा अन्त्येष्टि गर्नुपूर्व श्रद्धाञ्जली दिन उनको पार्थिव शरीरलाई नयाँगाउँ र नदीपूरको चर्चमा राखिने उलकले बताए।
स्मिथ सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षणका लागि नेपाल आएका हुन्। पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालयबाट अध्यापन सुरु गरेका उनी पोखरा र गोरखाका विभिन्न स्कुलमा अध्ययन गराएको थिए।
उनले २०७६ मा मानार्थ नेपाली नागरिकता पाएका थिए। नागरिकताका लागि सन् १९९० देखि नै आवेदन दिन थालेका थिए। स्मिथले पुतलीबारे ३० भन्दा बढी किताब प्रकाशित छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…