नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री दाहाल जाजरकोट प्रभावित क्षेत्रमा प्रस्थान

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको  १६ जना स्वास्थ्यकर्मीको टोली र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा उडेका छन् ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उद्धार तथा राहत कार्यमा जुट्न सुरक्षाका तीनवटै निकायलाई प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए।

प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सबैलाई अपिलसमेत गरेका छन्।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भइ ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियाे। भूकम्पबाट जाजरकोटमा ३७ र रुकुमपश्चिममा ३६ जनाको ज्यान गइसकेको छ भने सयौं घाइते भएका छन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago