अपडेट: ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटमा ३४ र पश्चिम रुकुममा ३६ जनाको मृत्यु

काठमाडौँ-  शुक्रबार मध्यराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका कारण अहिलेसम्म जिल्लामा मात्र ३४ जनाको ज्यान गएको पुष्टि भइसकेको त्यहाँका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन्।

६.४ रेक्टर स्केलको भूकम्पमा मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। घटनामा सयौँ जना घाइते भएका छन् भने ठूलो संख्यामा घरहरु भत्किएका छन्।

भूकम्पमा सबैभन्दा बढी क्षति जाजरकोट र पश्चिम रुकुममा भएको छ। पश्चिम रुकुममा अहिलेसम्म ३६ जनाको ज्यान गुमेको प्रहरीले जानकारी दिएको छ।

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago