काठमाडौँ- शुक्रबार मध्यराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका कारण अहिलेसम्म जिल्लामा मात्र ३४ जनाको ज्यान गएको पुष्टि भइसकेको त्यहाँका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन्।
६.४ रेक्टर स्केलको भूकम्पमा मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। घटनामा सयौँ जना घाइते भएका छन् भने ठूलो संख्यामा घरहरु भत्किएका छन्।
भूकम्पमा सबैभन्दा बढी क्षति जाजरकोट र पश्चिम रुकुममा भएको छ। पश्चिम रुकुममा अहिलेसम्म ३६ जनाको ज्यान गुमेको प्रहरीले जानकारी दिएको छ।
शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…