धार्मिक, साम्प्रदायिक र जातीय सद्भावमा खलल पुर्‍याउने गतिविधि गरेमा कारबाही

काठमाडौं- सामाजिक सञ्जाल दुरूपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने गतिविधि गरेमा कारबाही गर्ने नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले बुधबार एक सूचना जारी गर्दै यस्तो बताएको हो। सूचनामा राष्ट्रिय सुरक्षा, एकतामा आँच पुग्ने तथ्यहीन विषयबस्तु प्रकाशन तथा प्रशारण गरे कारबाही गरिने उल्लेख गरिएको छ।

त्यस्तै कानुनले रोक लगाएका सामग्री प्रकाशन गरेमा कारबाही गरिने प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताएका छन्। शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामग्री प्रकाशन र प्रदर्शन नगर्न पनि प्रहरीले आग्रह गरेको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago