बिर्तामोड ३ नं वडा अन्तर्गत मेची आखा अस्पताल अगाडीको सडक खण्डमा बृक्षारोपण

बिर्तामोड।  बिर्तामोड ३ नं वडा अन्तर्गत मेची आखा अस्पताल, सैनिकमोड बाट पूर्व तर्फ को शुभलक्ष्मी टोल, आदर्श टोल ,आदर्श चोक, लगायतका स्थानमा राजमार्ग र आसपासका ठाउँमा बृक्ष रोपण गरिएको छ।

बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले नगरलाई हरितनगरका रुपमा विकास गर्न बिर्तामोड भद्रपुर रोडको धौला पुल देखी प्रकाश आयल ट्रेडस सम्म रोडको दायाँबायाँ सडक किनारामा बिभिन्न प्रजातिका बृक्ष रोपण गरिएको कार्यलाई निरन्तरता दिँदै,आज बिहान बृक्षारोपण गरिएको हो। कार्यक्रममा बिर्तामोड नगरपालीका ३ नं वडा अध्यक्ष मदन बुढाथोकी, वडा सदस्य हरि बास्कोटा,समाजसेवी कुमार बुढाथोकी, केशव पाठक, प्रकाश न्यौपाने ,व्यवसायी खगेन्द्र खरेल, विभिन्न संघ-संस्थाको पदाधिकारी,सामाजिक वेक्तित्व, जेष्ठ नागरिक लगायतका स्थानीय जनसहभागिताको सहयोगमा बृक्ष रोपण गरिएको छ।

आगामी दिनमा पनि सबै सामाजिक ब्यक्तित्वको साथ सहयोग यसरीनै रहिरहोस भन्ने अपेक्षा गर्दै नम्बर ३ का वडाअध्यक्ष बुढाथोकीले जनप्रतिनीधी स्थानीय बासी आम नेपाली सम्पुर्ण भएर रोपण गरेको वृक्षलाई लाई संमरक्षण गरौ भनी अपिल गरेका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago