काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउने बताएका छन्।
मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपालीहरू जाने गन्तव्यस्थललाई सुरक्षित र मर्यादित बनाउने दायित्व सरकारले निर्वाह गर्ने बताए।
उनले सरकारसँग पनि वैदेशिक रोजगारमा गएका मानिसहरूको र फर्किएका मानिसको पनि यकिन डाटा राख्न विभागहरूलाई निर्देशन दिए। मन्त्री भण्डारीले अवैधानिक रूपमा नेपालबाट विदेश गएकाहरूलाई मान्यता दिने सरकारको तयारी रहेको बताए।
उनले नेपालबाट विभिन्न देशमा अवैधानिक रूपमा पर्यटक भिसालगायत अन्य जुनसुकै भिसामा गएर काम गरिरहेकाहरूलाई मान्यता दिएर नागरिकको साथमा सरकार छ भन्ने महसुस गराउन आवश्यक रहेको बताए।
उनले यो विषयमा सरकारले एउटा अभियान सञ्चालन गर्ने बताए। उनले नेपालीहरू अवैधानिक रुपमा गएका देशमा पनि कानुनी प्रावधानका विषयमा छलफल गर्ने तयारी रहेको बताए।
उनले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकको ऐन र कानुनलाई ध्यानमा राखेर मात्रै सरकारले श्रम सम्झौता गर्ने बताए। उनले सरकारले विदेशबाट फर्किएकाहरूसँग विदेशमा सिकेर आएको सीप र पुँजीलाई मुलुक निर्माणमा लगाउन सक्नुपर्ने बताए।
उनले सरकारको मुख्य उद्देश्य श्रम बजारसम्म श्रमिकको सरल पहुँच र श्रम बजारमा आवश्यकताअनुसारको श्रमिक तयार गर्नु रहेको बताए। उनले मन्त्रालयअन्तर्गतका विभागले वैदेशिक रोजगारीका विषयमा इमान्दारीसाथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले बिनाकुनै जानकारी नेपाली वैदेशिक रोजगारीमा जाने गरेको भन्दै वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले जानकारी पाउनुपर्ने बताए।
उनले विभागहरूले वैदेशिक रोजगारी क्षेत्रमा समस्या भए भनेर प्रहरी प्रशासन सहयोगले मात्रै समस्या समाधान नहुने बताए। उनले नीतिगत हिसावमा इमान्दार र नयाँ टेक्नोलोजीको प्रयोग गरेर काम गर्न आवश्यक रहेको बताए।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…