बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नं २ चारपानेस्थित बैसाबारी जाने सडकमा मे १ ख २८४९ नं को टिपरले अनियन्त्रित भई ठक्कर दिँदा दुईवटा सवारीसाधन र एउटा घरमा क्षति पुर्याएको छ ।
मध्यान्ह १२ बजे शनिश्चरेतर्फ जाँदै गरेको सो टिपरले शुरुमा मे १ त ३३२९ नं को ट्रयाक्टरलाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भई पशुपति खतिवडाको घरभित्र राखिएको बा ८ च ७८०० नं को कारलाई ठक्कर दिएको छ ।टिपरको ठक्करबाट खतिवडाको घर र घरभित्रको कारमा क्षति पुगेको छ ।
दुर्घटनामा ट्रयाक्टर चालक २२ वर्षिय जितेन्द्र श्रेष्ठ घाइते भएका छन् । टिपर चालक अर्जुनधारा ८ बस्ने २४ वर्षिय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…