टिपरले ठक्कर दिँदा दुईवटा सवारीसाधन र एउटा घरमा क्षति

बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नं २ चारपानेस्थित बैसाबारी जाने सडकमा मे १ ख २८४९ नं को टिपरले अनियन्त्रित भई ठक्कर दिँदा दुईवटा सवारीसाधन र एउटा घरमा क्षति पुर्याएको छ ।

मध्यान्ह १२ बजे शनिश्चरेतर्फ जाँदै गरेको सो टिपरले शुरुमा मे १ त ३३२९ नं को ट्रयाक्टरलाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भई पशुपति खतिवडाको घरभित्र राखिएको बा ८ च ७८०० नं को कारलाई ठक्कर दिएको छ ।टिपरको ठक्करबाट खतिवडाको घर र घरभित्रको कारमा क्षति पुगेको छ ।

दुर्घटनामा ट्रयाक्टर चालक २२ वर्षिय जितेन्द्र श्रेष्ठ घाइते भएका छन् । टिपर चालक अर्जुनधारा ८ बस्ने २४ वर्षिय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago