भद्रपुरमा नगरपालिकाले ६३४ सन्थाल परिवारको स्वास्थ्य विमा

भद्रपुर । सीमान्तकृत सन्थाल समुदायको बाक्लो बसोबास रहेको झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका ६३४  सन्थाल परिवारको स्वास्थ्य विमा गरिदिएको छ ।

विपन्न समुदायमा पर्ने सन्थाल समुदायको स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आगामी जेठदेखि लागु हुनेगरी नगर प्रमुखसँग स्वास्थ्य विमा कार्यक्रमअन्तर्गत नगरपालिकाले यस वर्ष ६३४ परिवारको स्वास्थ्य विमा गरिदिएको नगरप्रमुख गणेश पोखरेलले बताए । यसबाट सो समुदायका २५२२ जना लाभान्वित हुनेछन् ।

सन्थाल समुदायलाई स्वास्थ्य विमा गरिदिएको विमा भुक्तानीवापतको रकमबराबरको चेक सोमवार नगरपालिकाको सभाहलमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले स्वास्थ्य विमा बोर्ड सम्पर्क कार्यालय झापाकी प्रमुख सुनिता आचार्यलाई संयुक्तरुपमा हस्तान्तरण गरे ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका नगरप्रमुख पोखरेलले नगरपालिकाले गरिदिएको स्वास्थ्य विमाको समुचित उपयोग गर्न वीमितहरुलाई आग्रह गर्दै सन्थाल समुदायको उत्थान, संरक्षण र विकासका लागि नगरपालिकाले कुनै कसर नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

सन्थाल समुदायको स्वास्थ्य विमाका लागि नगरपालिकाले २२ लाख १९ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर बेस्रा, केन्द्रीय सचिव कुन्दन मुर्मू, झापा जिल्ला अध्यक्ष लखन हेमरमलगायत सो समुदायका अगुवाहरुको उपस्थिति थियो ।

त्यस्तै उपप्रमुख राधा कार्कीले सन्थाल समुदायमा अझै पनि रोग लुकाएर बस्ने, स्वास्थ्य संस्थाहरुसम्म पुग्न नसक्ने अवस्था रहिरहेकाले सो समुदायका अगुवाहरुले समुदायमा स्वास्थ्य सचेतना बढाउनुपर्ने उल्लेख गर्दै नगरपालिकाले गरिदिएको स्वास्थ्य विमाबाट प्राप्त हुने सविधा उपयोग गर्न आग्रह गरिन् ।

नगरपालिकाको स्वास्थ्य शाखाका मनोज भट्टराईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेग्मी, स्वास्थ्य विमा बोर्डकी आचार्य, वडा नं ७ का अध्यक्ष अभिषेक ढुंगाना, ९ नं वडाध्यक्ष राम दाहाल, सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष बेस्रालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago