वैशाख दाेस्राे साता देखी पाल्पामा महोत्सव हुने

२०७९, १८ चैत्र शनिबार २१:५३

पाल्पा । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा बैशाखकाे दाेस्राे सातादेखि पाल्पा महोत्सव हुने भएको छ ।२०८० वैशाख १४ गतेदेखि २४ गतेसम्म पाल्पा महोत्सव हुने भएको हाे । पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक  शैलेन्द्र भट्टराईका अनुसार तानसेनको बाँसटारीमा हुन लागेको हाे ।

जिल्लाको आन्तरिक उत्पादन कृषिजन्य बस्तु, करुवा, ढाका, दुग्धजन्य बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष भट्टराईले बताउनुभयो । महाेत्सवले पर्यटन प्रबर्दनमा समेत सहयाेग हुने अपेक्षा गरिएकाे छ । विगतका वर्षहरूमा तानसेनको टुँडिखेलमा हुँदैआएको महोत्सव यो वर्ष  तानसेनकाे वासटारीमा हुने भएकाले ग्रामीण क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा महोत्सव आयाेजक पाल्पा उद्योग वाणिज्य सङ्घकाे रहेकाे छ ।

 

Comments

ताजा खबर