कोशी प्रदेशका ३२ स्थानीय तहले जग्गाको वर्गीकरण गरे, कित्ताकाट काहाँ खुल्यो ?

विराटनगर । कोशी प्रदेशका १ सय ३७ स्थानीय तहमध्ये ३२ वटामा जग्गाको वर्गीकरण सकिएर कित्ताकाट खुलेको छ । ५ वटा जिल्लाका कुनै पनि पालिकामा कित्ताकाट खुल्न सकेको छैन ।

झापा, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा र खोटाङमा भने कुनै पनि तहले जग्गाको वर्गीकरण गरिसकेका छैनन् । ताप्लेजुङ जिल्लाका सबै पालिकाले कृषि र गैरकृषिमा मात्रै जग्गा वर्गीकरण गरेका छन् । जिल्लामा फुङलिङ नगरपालिका, मेरिङदेन, आठराई त्रिवेणी, मैवाखोला, सिरीजंगा, मिक्वाखोला, सिदिङ्वा, फक्तालुङ र पाथीभरा याङ्वरक गाउँपालिका गरी ९ पालिका छन् ।

पाँचथरका ८ पालिकामध्ये फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले मात्रै वर्गीकरण सकेका हुनाले ती दुई पालिकामा मात्रै जग्गाको कित्ताकाट खुलेको छ ।

इलामका ८ पालिकामध्ये इलाम र देउमाई नगरपालिकाले मात्रै वर्गीकरण सकेका छन् । सुनसरीका १२ पालिकामध्ये धरान उपमहानगरपालिका, हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले मात्रै वर्गीकरण सकेका छन् ।

सोलुखुम्बुका ८ पालिकामध्ये दूधकोशी गाउँपालिकाले मात्रै वर्गीकरण सकेको छ । उदयपुरका ८ पालिकामध्ये त्रियुगा, उदयपुरगढी, कटारी नगरपालिका र ताप्ली गाउँपालिकाले मात्रै वर्गीकरण सकेका छन् ।

मोरङका १७ पालिकामध्ये विराटनगर महानगरपालिका, रंगेली नगरपालिका र बुढीगंगा, जहदा तथा ग्रामथान गाउँपालिकाले मात्रै वर्गीकरण सकेका छन् ।संखुवासभाका १० पालिकामध्ये खाँदबारी नगरपालिकाले मात्रै वर्गीकरण सकेको छ । भोजपुरका ९ पालिकामध्ये भोजपुर नगरपालिका तथा रामप्रसाद राई, पौवादुङमा र अरूण गाउँपालिकाले मात्रै वर्गीकरण सकेका छन् ।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago