बिर्तामोड नगर अस्पतालले नेपालसहित भारतका विरामीहरुको लागि समेत उपचार

बिर्तामोड। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारी अस्पताल चल्न नदिने निजी अस्पतालको नीतिप्रति सचेत रहनुपर्ने बताएका छन् ।

बिर्तामोड नगर अस्पतालको शनिवार उद्घाटन गर्दै सभामुख घिमिरेले निजी अस्पतालहरु सरकारी अस्पताल बन्न नदिने र चल्न नदिने खेलमा लाग्ने गरेकाले त्यसप्रति आम सर्वसाधारण र राजनीतिक पार्टीहरु सजग रहन जरुरी भएको बताए । बिर्तामोड नगरपालिकाद्वारा संचालन भइरहेको बिर्तामोड नगर अस्पताल इतिहासमा नाम लेखाउने गरी नेपालसहित भारतका विरामीहरुको लागि समेत उपचार केन्द्र बन्न सकोस् भन्दै उनले शुभकामना दिए । झन्डै तीन वर्षअघि शिलान्यास भएर अलपत्र परेको बिर्तामोड नगर अस्पताललाई आफूले निगरानी गर्दै आएको बताउँदै उनले थुप्रै खालका प्रतिकुलता , उडाउने कुरा र रोक्ने प्रयासका बावजुद सो अस्पताल निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।

झापा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहेका सभामुख देवराज घिमिरेले आफू निर्वाचित क्षेत्रको बिर्तामोड शहर स्वास्थ्य र शिक्षाको केन्द्र बन्दै गएको बताए । बिर्तामोड नगरपालिकाका नगर प्रमुख तथा नगर अस्पताल संचालन समितिका अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी ,प्रदेश सांसद एकराज कार्की , नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला , सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नगर प्रमुख प्रसाईले अस्पतालले दिने सेवा सुविधाका बारेका जानकारी दिएकी थिइन् ।

त्यस अवसरमा सहयोगी दाताहरु रोटरी क्लब अफ बिर्तामोड ,जगन्नाथ खनाल , बलराम डाँगी , सुधादेवी गट्टानी , बिन्कुन प्रालि, भीमचन्द्र भट्टराई ,खगेन्द्र काष्ठ फर्निचर , खरेल फर्निचर , जयनारायण ढुंगाना , केदार गिरी , कुमार गिरी , राजकु्मार पोखरेल, रोनक वंशल , लक्ष्मी फर्निचर , विराट बहुउद्देश्यीय सहकारी संस्था , सिम्रिक साकोस , ब्रिज इन्टरनेशनल ,ओम खड्का , तेजेन्द्र उप्रेती , कर्णाली साकोस, सहारा नेपाल साकोस , बिर्तामोड चिल्ड्रेन हस्पिटल , कुलप्रसाद खरेल , निरज ओली , मनमोहन हस्पिटल , माधव कल्पित , क्वालिटी कम्प्युटर, दुर्गाप्रसाद शिवाकोटीलगायतलाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका तर्फबाट शुभ कुमाई पाठकले ८० लाख पर्ने आइसियु र भेन्टिलेटरसहितको क्रिटिकल एम्बुलेन्स प्रदान गर्ने घोषणा गरिन् । अस्पताल संचालक समितिका सदस्य लक्ष्मी आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन वरिष्ठ अधिकृत जय तिम्सिनाले गरेका थिए ।

नगर गौरवको योजनाको रुपमा झापाको बिर्तामोड नगरपालिकामा करिव साढे पाँच करोडको लागतमा निर्मित भवनमा नगर अस्पताल संचालन भएको हो । हाल सो अस्पतालमा दैनिक औसत २५० देखि ४०० सम्म विरामीहरुको उपचार भइरहेको छ । संघीय सरकारको पाँच करोड ५० लाख सात हजार सात सय ६० रुपैयाँको लागतमा १५ शैय्याको नगर अस्पताल संचालन भएको हो । नगर अस्पतालबाट २१ प्रकारका सेवा प्रवाह हुने छन् ।

नेपाल सरकारको स्वास्थ्य बिमा पूर्ण रूपमा लागु गरिएको, दैनिक ओपिडी जाँच, उपचार तथा परामर्श सेवा, प्रयोगशाला सेवा , भिडियो एक्सरे सेवा, एक्सरे सेवा ,इसीजी सेवा, गर्भवती जाँच , निःशुल्क आइरन तथा क्याल्सियम वितरण तथा खोप सेवा , परिवार नियोजन सेवा छोटो तथा लामो अवधिका परिवार नियोजन सेवा , पाठेघरको मुखको क्यान्सरको जाँच , निःशुल्क सुरक्षित गर्भपतन सेवा ,बच्चाहरुमा हुने कुपोषणको जाँच तथा व्यवस्थापन, निःशुल्क औषधि वितरण नेपाल सरकारबाट तोकिएका १८ प्रकारका औषधिहरु, नसर्ने रोगको जाँच तथा नेपाल सरकारद्वारा तोकिएका औषधि वितरण ,कीटजन्य रोगहरुको जाँच तथा उपचार सेवा , कोभिड रोगको निःशुल्क जाँच , बाल रोग (५ वर्ष मुनिका बालबालिकाहरु) को एकीकृत व्यवस्थापन , खोप कार्यक्रम (बच्चा जन्मेदेखि २ वर्षसम्मका सम्पूर्ण खोपहरु नेपाल सरकारबाट तोकिएका), निरोगिता प्रमाणपत्र ,२४ घण्टे आकस्मिक सेवा , २४ घण्टे सुरक्षित प्रसूती सेवा ,८ वटा डायलासिस मेसिनसहितको सेवा संचालन गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले बताए ।

Comments
Sanjay poudyal

Recent Posts

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago