मनिषादेखि राजेशसम्मले हेरे फिल्म ‘ह्यारीकी प्यारी’

काठमाडौं । शनिबार  साम्राज्ञी शाह र जितु नेपाल स्टारर फिल्म ‘ह्यारीकी प्यारी’ले सुखद कमाइ गरेको छ । फिल्मको देशब्यापी अकुपेन्सी ७० प्रतिशत हाराहारीमा रह्यो । सिंगलसहित मल्टिप्लेक्समा पनि दर्शकीय अकुपेन्सी उत्साहजनक देखिएको हल संचालकले जनाएका छन् ।

‘महापुरुष’पछि नेपाली फिल्मले बक्सअफिसमा गति लिएको थिएन । दुई महिनादेखि सुस्ताएको नेपाली फिल्मको बजारलाई ‘ह्यारीकी प्यारी’ले लयमा ल्याउन सक्ने संकेत देखिएको अनुमान गरिएको छ ।

प्रिमियरपछि फिल्मले सुखद ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सको उपत्यकासहित मुख्य सहरका हलमा शनिबार दर्शकीय उपस्थिती उत्साहजनक देखियो । बिग मुभिज, आइएनआइ, वान सिनेमाज्, एफक्यूब, बीएसआर, रञ्जना सिनेप्लेक्सलगायतका हलमा पनि दर्शकीय उपस्थिती राम्रो देखियो ।

शनिबार पोखरा, बुटवल, भैरहवा, चितवन, इटहरी लगायतका प्रमुख सहरमा पनि दर्शकीय उपस्थिती राम्रो रहेको जनाइएको छ । फिल्मको भविष्य आइतबारदेखि प्राप्त हुने अकुपेन्सीमा निर्भर हुनेछ ।

रिलिज भएयता कलाकारसहित निर्देशक कपिल रिजाल हल हलमा पुगेर दर्शकसँग फिल्म हेरिरहेका छन् । निर्देशक रिजालले दर्शकीय प्रतिक्रिया सकारात्मक रहेको र उत्साहले आफूहरुलाई खुशि मिलेको बताए ।

दर्शकले जितु र साम्राज्ञीको अनस्क्रिन रोमान्सलाई रुचाएका छन् । कतिपयले अभिनय र कथावस्तुको प्रशंसा समेत गरेका छन् । फिल्मले दुई अलग पृष्ठभूमिका मुख्य पात्रलाई परिस्थितीले कसरी सँगै ल्याउँछ र उनीहरु प्रेममा पर्छन् भन्ने कथा पेश गर्छ । सपना पुरा गर्न उनीहरुले कस्ता बाध्यतासँग संघर्ष गर्छन् भन्ने कथावस्तु पनि यसमा चित्रित छ ।

फिल्ममा लक्ष्मी गिरी, सरला रिजाल, सुवास गजुरेल, नरेश पौड्याल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ । सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन छ । सुदीप बरालले फिल्म खिचेका हुन् ।

यसैबीच एक विशेष शोका बीच फिल्मलाई मनीषा कोइराला, राजेश हमाल, भुवन चन्द, करिश्मा मानन्धर लगायतले हेरेका छन् । क्यूएफएक्सको दरबार सिनेम्याक्स हलमा पुगेर उनीहरुले फिल्म हेरेका हुन् ।

फिल्म हेरेपछि मिडियासँग कुरा गर्दै उनीहरुले फिल्म मनोरञ्जनक बनेको प्रतिक्रिया दिएका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago