‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफ्नो कुरा भइरहेको बताए

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफ्नो कुरा भइरहेको बताएका छन्।

शनिबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै रास्वपासँगको समस्या समाधान हुने बताए। रास्वपाले दिएको दुई दिनको समय आज सकिँदैछ नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ। समस्या समाधान हुन्छ।’

रास्वापाले आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने बताउँदै आएको छ। बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको समय दिएको थियो।

उनको मागमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक छन्। तर प्रधानमन्त्री प्रचण्ड भने रास्वपालाई गृह मन्त्रालय नदिने अडानमा छन्। जसका कारण सत्ता गठबन्धनमा खटपट सुरु भएको बताइएको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago