काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफ्नो कुरा भइरहेको बताएका छन्।
शनिबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै रास्वपासँगको समस्या समाधान हुने बताए। रास्वपाले दिएको दुई दिनको समय आज सकिँदैछ नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ। समस्या समाधान हुन्छ।’
रास्वापाले आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने बताउँदै आएको छ। बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको समय दिएको थियो।
उनको मागमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक छन्। तर प्रधानमन्त्री प्रचण्ड भने रास्वपालाई गृह मन्त्रालय नदिने अडानमा छन्। जसका कारण सत्ता गठबन्धनमा खटपट सुरु भएको बताइएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…