काठमाडौँ – संवैधानिक परिषद्ले विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको परिषदको बैठकले वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनाकारी दिए।
संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेमा श्रेष्ठ २०८१ साल असोज १९ गतेसम्म प्रधानन्यायाधीश हुनेछन्।
उनी कानुन सेवाबाट सन् १९८४ बाट सरकारी सेवामा प्रवेश गरेका थिए। जिल्ला न्यायाधीश, पुनरोवदन अदालतको न्यायाधीश हुँदै उनी सन् २०१६ मा सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए।
साउन २० गतेबाट हरिकृष्ण कार्की ६५ वर्षे उमेर हदका कारण अवकास पाउँदैछन्। अवकासको एक महिनाअघि नै अर्को प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि दुई दिन मात्रै बाँकी रहँदा सिफारिस गरिएको हो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…