हरिवंश र प्रियंकाको ‘ए केटा मादलु पड्का’ उफ्रिएर नाच्दिन्छु तीन झड्का

काठमाडौँ – ‘काउली’को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन्। आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन्। गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन्।

चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमा लोक लयको काउली गीत ल्याएका हरिवंश तत्काल नयाँ गीत ल्याउने तयारीमा थिएनन्। तर, चितवनको एउटा जमघटमा फुरेको लय गायक तथा निर्देशक सरोज वलीलाई सुनाउँदा तत्काल यो संयोजक जुरेको बताउँछन्।

‘अहिले नै नयाँ गीत ल्याउँला भन्ने थिएन,’ हरिवंशले भने, ‘दुइ महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरु गीत गाउँदै उफ्री उफ्री नाचिरहेको देखेँ । त्यहीबेला अचानक मेरो दिमागमा एउटा लय फु-यो। हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का । तैपनि पछि रेकर्ड गरौला भनेर बसेको थिएँ।

यत्तिकैमा एक दिन सरोज भाइ  लाई यो गीतको शब्द र लय कस्तो छ भनेर सुनाएँ। भाइलाई मनपरेछ । रेकर्ड गरिहालौं भने । एरेन्जर श्यामश्वेत रसाइली लिएर गइहाले। श्यामश्वेत भाइले पनि ‘यो रमाइलो छ, चड्किन्छ’ भनेपछि गीतले यो स्वरुप पायो।’

गीतले खासगरी गायन र नृत्यमा लागेका मान्छेहरुको भाव बोकेको हरिवंश बताउँछन्। ‘यो सन्देशमुलक गीत होइन, उनी भन्छन्, ‘यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउँने मान्छेले आफ्नो पेशा प्रति गर्व गरेको शब्द छ । गीत फास्ट ट्रयाकमा भएकाले सांस्कृतिक कार्यक्रम, बिहे ब्रतबन्ध लगायत समारोहतिर बज्छ भन्ने लागेको छ।’

यद्यपी यो गीतमा चुनावमा हुने पैसा बाड्ने विकृतीलाई व्व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ। यो गीतमा ‘काउली’कै कलाकार दोहोरिएका छन्।

गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै यसपटक गायक तथा निर्देशक सरोज ओली स्वयम्ले अभिनय गरेका छन्। नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भिर विष्टले गरेका छन्।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago