झापा । नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिको जनसंख्या रहेको राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांकले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले हिजो सार्वजनिक गरेको जातजाति, भाषा र धर्मसम्बन्धी विवरणले दोस्रोमा पहाडी ब्राह्मणको जनसंख्याको मानिस बसोबास गर्ने औंल्याएको छ ।
कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री छन् ।
त्यस्तै, पहाडी ब्राह्मणको जनसंख्या ११.२९ छ भने तेस्रो नम्बरमा मगर ६.९, चौथो नम्बरमा थारु जातिको जनसंख्या ६.२ प्रतिशत जनसंख्या रहेको कार्यालयको विवरणमा उल्लेख छ ।त्यस्तै, ११ जातिको संख्या एक हजारभन्दा कम रहेको विवरणमा देखिएको छ ।
जसअनुसार नुराङ जातिको जनसंख्या देशभर ३६ जना मात्रै रहेको छ । कार्यालयको अन्तिम तथ्यांकमा ११ जातिहरु नुराङ, बनकरिया, कुसुण्डा, सुरेल, ल्होमी, वालुङ, राउटे, तोप्केगोला, फ्री र कलार जातिहरुको देशभरमा जनसंख्या एक हजारभन्दा कम रहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…