नेपालमा धेरै जनसंख्या भएको जाति क्षेत्री

झापा । नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिको जनसंख्या रहेको राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले हिजो सार्वजनिक गरेको जातजाति, भाषा र धर्मसम्बन्धी विवरणले दोस्रोमा पहाडी ब्राह्मणको जनसंख्याको मानिस बसोबास गर्ने औंल्याएको छ ।
कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री छन् ।
त्यस्तै, पहाडी ब्राह्मणको जनसंख्या ११.२९ छ भने तेस्रो नम्बरमा मगर ६.९, चौथो नम्बरमा थारु जातिको जनसंख्या ६.२ प्रतिशत जनसंख्या रहेको कार्यालयको विवरणमा उल्लेख छ ।त्यस्तै, ११ जातिको संख्या एक हजारभन्दा कम रहेको विवरणमा देखिएको छ ।

जसअनुसार नुराङ जातिको जनसंख्या देशभर ३६ जना मात्रै रहेको छ । कार्यालयको अन्तिम तथ्यांकमा ११ जातिहरु नुराङ, बनकरिया, कुसुण्डा, सुरेल, ल्होमी, वालुङ, राउटे, तोप्केगोला, फ्री र कलार जातिहरुको देशभरमा जनसंख्या एक हजारभन्दा कम रहेको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago