लागू औषध सहित २ जना प्रहरी नियन्त्रणमा

२०७९, ११ चैत्र शनिबार १३:१७

पाल्पा । राजमार्गमा चेकजाचको क्रममा लागू औषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १० गते शुक्रबार दिउँसो उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

सिद्दार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डमा प्रहरी चौकी दोभानको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनिहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनिहरु बुटवल देखी पोखरा तर्फ जाँदै गरेका थिए । उनीहरुले प्रयोग गरेको ग ३ च ५९०१ नम्बरको कार रोकी चेकजाँच गर्ने क्रममा कार चालक जिल्ला कास्की अन्नपुर्ण गा.पा.५ बिरेठाटी बस्ने बर्ष ३५ को संजय मुल्मी (नेवार) र सोही कारमा सवार जिल्ला धादिङ तिरपुरा गा.पा. ३ मुरचोक बस्ने वर्ष ३७ को किरण गजमेरो लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

पाल्पाको तिनाउ गा.पा. ३ झुम्सा स्थितमा उनिहरुको साथबाट नुफिन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल गरी जम्मा १५० एम्पुल लागु औषध प्रहरीले फेला परेको थियो । प्रयोग भएको कार र निज दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धान भैरहेको छ ।

Comments

ताजा खबर