सामसङको आधिकारिक स्टोर आईएमएस ग्रुपले कमलादीमा खोल्यो

काठमाडौं । कमलादीमा सामसङको नयाँ स्टोर खुलेको छ । नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आईएमएस ग्रुपले यो प्रिमियम स्टोर सञ्चालनमा ल्याएको हो ।

आइतबारदेखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एसियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोङ बुम पार्कले गरे ।  यो ब्राण्ड स्टोरले ग्राहकहरूलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउने आईएमएसको दाबी छ ।

ग्राहकहरूले स्टोरमा सामसङका सम्पूर्ण सिरिजका स्मार्टफोनहरु, त्यससँग आबद्ध  इकोसिस्टम जस्तैः ग्यालेक्सी बड्स, ग्यालेक्सी स्मार्टवाचहरू, ट्याब्लेटहरू, सामसङ मोनिटरहरू, सामसङ उपकरणहरु र सामसङ टेलिभिजनहरु समेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन् ।

स्टोरमा गेमिङमा अभिरुचि राख्ने युवालाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरू राखिएको एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको छ । स्टोरमा आउने ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सबाट पनि लाभ लिन सक्नेछन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago